बेष्ट १५ बीएचएम कलेज (भिडियोसहित)

बेष्ट १५ बीएचएम कलेज (भिडियोसहित)


उच्च माध्यमिक तहको अध्ययन सकिएपछि स्नातक अध्ययनका लागि उपयुक्त शिक्षण संस्था आवश्यक पर्छ । प्लस टू ले दिएको आधारमा स्नातक अध्ययनले जीवनको गोरेटो निर्धारण गरिदिन्छ । उच्च शिक्षा अध्ययनका लागि कलेज र विषय छनौट विद्यार्थीका लागि महत्वपूर्ण रहन्छ । प्लस टु अध्ययनपछि कुन विषयलाई आफ्नो करियर बनाउने भनेर विद्यार्थी सुनिश्चित हुन जरुरी छ ।

विश्व शिक्षामा आएको बदलाबपछि स्नातकमा व्यवहारिक शिक्षा भएका नयाँ कोर्ष तथा प्रोग्रामहरु प्रशस्तै छन् । ती मध्ये धेरै विद्यार्थीको रोजाईमा परेको विषय हो, ब्याचलर इन होटल म्यानेजमेन्ट(बी.एच.एम) । बजार सुहाउँदो तथा प्राविधिक शिक्षाका रुपमा रहेको बीएचएम होटल र हस्पिटयालिटि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने विषय हो । 

व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट विषयमा सन् १९९८ मा पोखरा विश्वविद्यालयले र सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयले अध्यापन थालेका हुन् । बीएचम प्रोग्राममा हस्पिट्यालिटी क्षेत्रका बहुआयामिक पक्ष समेटिएको छ । बीएचएम प्रोग्राममा ४ बर्षे कोर्ष तथा ८ सेमेस्टर पढाई हुन्छ । होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा होटल म्यानेजमेन्ट हो । 

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयबाट सम्बन्ध लिएर विभिन्न कलेजले बीएचएम प्रोग्राम सञ्चालन गरिरहेका छन् । अमेरिका, बेलायत, अष्टे«लिया, अष्ट्रिया, स्विजरल्याण्ड, मलेसियालगायतका विश्वचर्चित विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालका कलेजले बीएचएम पढाइरहेका छन् । विदेशी होटलमा इन्टर्नसिप गर्दा राम्रो एक्सपोजर पाइने, विदेशी खानाका परिकार, रहनसहन, संस्कार, भाषा, भूगोल बुझ्न पाइने भएकाले विद्यार्थीको रुचि बीएचएममा बढ्दो छ । यो विषय प्रयोगात्मक अध्ययन हुने भएकाले सिकाई र बुझाईमा समेत प्रभावकारी हुने गरेको छ । 

विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न आधारलाई लिएर होटल म्यानेजमेन्टका उत्कृष्ट १५ कलेज हामीले छनौट गरेका छौं । बीएचएम अध्ययनका लागि कुन कलेज उपयुक्त हुन्छ ? भन्ने विद्यार्थीमा कायम द्विविधा पनि कलेजहरुको यो सूचीले अन्त्य गर्छ भन्ने विश्वास हामीमा छ । 

विभिन्न मापदण्डका आधारमा यहाँ उल्लेख भएका बाहेक अन्य कलेज पनि उत्कृष्ट हुन सक्छन् । यद्यपी, यहाँ उल्लेख होटल म्यानेजमेन्टका कलेज विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हुनेमा कुनै शंका छैन । लामो समयको अध्ययन, उत्कृष्ट नतिजा, सैद्धान्तिक संगै प्रयोगात्मक शिक्षा, इन्टर्नसिपका लागि सहजिकरण, रोजगारीका लागि उचित परामर्श, स्वदेश तथा विदेशमा अध्ययन गर्ने मौका, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन, भौतिक पूर्वाधारको अवस्था लगायतलाई हामीले उत्कृष्ट कलेज छनोटको आधार बनाएका छौं । उत्कृष्ट कलेज छनोटको यो प्रक्रियामा केही शिक्षण संस्थाले भने इच्छा देखाएनन् । 

यस्तै, हामीले गरेको अध्ययन अनुसार स्नातक अध्यापनमा सक्रिय शैक्षिक संस्थाका विषयगत विशेषताका आधारमा विभिन्न विधामा उत्कृष्ट शैक्षिक संस्था छनौट गरेका छाैं । वर्णानुक्रम अनुसार सूची यस्ताे छः

  • व्यवसायिक जनशक्ति उत्पादन गर्ने कलेज, आयाम 

ललितपुरको कुमारीपाटीमा रहेको आयाम इन्टरनेशनल कलेज सन् २०१२ मा स्थापना भएको हो । कलेजमा ब्याचलर्स तर्फ बी.एच.एम मा अध्यापनको लामो अनुभव संगालेका प्राध्यापकबाट पढाई हुँदै आएको छ । 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आयामले होटल म्यानेजमेन्टलाई समेत प्राथमिकतामा राखेर विद्यार्थीलाई दक्ष बनाउन प्रयोगात्मक कक्षामा विशेष जोड दिँदै आएको छ । होटल म्यानेजमेन्ट अध्ययनका क्रममा आयामका विद्यार्थीले वान टु वान शिक्षण सिकाईको अनुभवसमेत गर्न पाउँछन् । 

विभिन्न संघसंस्था, ५ तारे होटलसँग सहकार्य गर्दै अगाडि बढेको आयाम कलेजले होटल म्यानेजमेन्टमा आफूलाई उपयुक्त गन्तव्यका रुपमा सावित गरिसकेको छ । होटल इन्डष्ट्रीमा आवश्यक पर्ने प्रोफेशनल जनशक्ति तयार गर्न आयाम इन्टरनेशनल प्रतिबद्ध छ । 

  • उत्कृष्ट मेनेजमेन्ट कलेज बन्ने बाटोमा एआईटीएम 

ललितपुरको खुमलटारमा सन् २०१२ मा खुलेको कलेज हो एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआईटिएम) । 

खुला ठाउँ र भौतिक पूर्वाधारले सम्पन्न यो कलेजमा अन्तर्राष्ट्रियस्तरमा हुने सम्पूर्ण सुविधा तथा नेपालमा विद्यार्थीका लागि चाहिने सम्पूर्ण पूर्वाधार उपलब्ध छ । विश्वको उत्कृष्ट म्योनजमेन्ट कलेज स्वीजरल्याण्डको प्रतिष्ठित इन्टरनेशनल म्यानेजमेन्ट इन्सिटिच्युटबाट सम्बन्धन प्राप्त यो कलेजले ब्याचलर्स इन इन्टरनेशनल होटल एण्ड टुरिजम म्यानजमेन्टमा पनि अध्यापन गराउँदै आएको छ । न्यू बिजनेश एज म्यागजिन २०१९ मा उत्कृष्ट हस्पिट्यालिटी कलेजबाट समेत सम्मानित एआईटीएमले ग्लोबल मार्केटमा जोड्न विद्यार्थीलाई हरपल प्रेरित गरिरहन्छ । 

  • अन्तर्राष्ट्रियस्तरको अध्यापन गराउने कलेज, गेट 

काठमाडौंको मण्डिखाटारमा सन् २००७ मा स्थापना भएको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिट्यालिटी एजुकेशन (गेट) काठमाडौंमा नै रहेर पनि कोलाहलरहित वातावरणमा अवस्थित छ । 

भौतिक पूर्वाधारले सुविधा सम्पन्न गेट कलेज टुरिजम र हस्पिट्यालिटी क्षेत्रमा स्वीस डिग्री तथा स्वीस अवधारणामा केन्द्रित शिक्षा दिने एसियाकै पहिलो कलेज हो । विश्वको उत्कृष्ट हस्पिटयलिटी म्यानेजमेन्ट स्कूल (इ.एच.एल) बाट सम्बन्धन प्राप्त यो कलेजमा ब्याचलर्स इन इन्टरनेशनल हस्पिट्यालिटी मेनेजमेन्ट (वी.आइ.एच.एम० विषय अध्यापन हुँदै आएको छ । 

(वी.आइ.एच.एम) विषयलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता दिएको छ । कलेजले वी.आइ.एच.एम प्रोग्रामलाई स्वीस स्कूलमा शत प्रतिशत क्रेडिट ट्रान्सफरको व्यवस्थासमेत गरेको छ । यस्तै, ब्याचलर इन प्रोफेशनल हस्पिट्यालिटी (बी.पी.एच) मा काठमाडौं विश्वविद्यालयसँग यो कलेजको साझेदारी सहकार्य छ । 

  • व्यवसायिक अध्ययनका लागि उपयुक्त कलेज, गेटवे

गेट वे कलेज काठमाडौंको बसुन्धारामा सन् २००८ मा स्थापना भएको हो ।  व्यवसायिक अध्ययनका लागि गेट वे एक गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था हो । यस कलेजले हस्पिट्यालिटि एजुकेशन, तथा व्यवस्थापनका विविध प्रविधि अनुसार बहुआयामिक क्षेत्रलाई केन्द्रित गरेर पढाउँदै आएको छ । 

पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन प्राप्त रहेर यस कलेजमा व्याचर्ल  अफ होटल म्यानेजमेन्ट (बी.एच.एम), एडभान्सड् डिप्लोमा इन हस्पिटयालिटि म्यानेजमेन्ट (ए.डी.एच.एम), डिप्लोमा इन ग्लोबल क्युलिनरी आर्ट्स(डी.जी.सी.ए) को अध्यापन गराउँदै आएको छ । होटल म्यानेजमेन्टलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरु कलेजले व्यवस्था गरेको छ । उत्कृष्ट नतिजा पस्किँदै आएको यस कलेजले हस्पिट्यालिटी क्षेत्रमा  विभिन्न कार्यक्रमहरु डिजाइन गरेर व्यवसायिक दक्ष जनशक्ति निर्माण गर्न प्रेरित गर्छ । 

  • हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज 

हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज शिक्षा क्षेत्रमा अग्रणी शैक्षिक संस्था हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको पुतलीसडकमा छ । २१ वर्षअघि स्थापना भएको यो कलेजबाट उत्तीर्ण भएकाहरु विभिन्न अर्गनाइजेशनको नेतृत्व गरिरहेका छन् भने केहीले आफ्नै संस्था सञ्चालन गरिरहेका छन् । 

व्यवस्थापन संकाय अन्तर्गत व्याचलर्स अफ होटल म्यानेजमेन्ट (बी.एच.एम) को अध्ययनमा यो कलेजले बेग्लै छाप छोड्न सफल भएको छ । बी.एच.एम प्रोग्राम सञ्चालन भएको १८ वर्षमा यो कलेजले विश्व परिवेश सुहाउँदो र बद्लिदो रुचीअनुसार आफ्ना कोर्षलाई रुपान्तरण गरेको छ । आवश्यक भौतिक पूर्वाधार भएको यो कलेज काठमाडौं उपत्यकाको जुनसुकै ठाउँबाट समेत सहजै पुग्न सकिन्छ । 

  • छोटो समयमा नै उत्कृष्ट नतिजासहित विद्यार्थीको रोजाइमा पर्न सफल आईआईएमएस    

काठमाडौंको पुतलीसडकमा रहेको आईआईएमएस सन् २०१० मा स्थापना भएको हो । सन् २०१७ बाट बीएचएमको पढाई सुरु गरेको यो कलेज, आधुनिक प्रविधिसहित छोटो समयमा नै उत्कृष्ट नतिजासहित विद्यार्थीको रोजाइमा पर्न सफल छ । 

काठमाडौंका ५ तारेसहित अधिकांश होटलसँग सहकार्य गरेको आईआईएमएस पढ्ने विद्यार्थीले बिदेशमा समेत राम्रो अवसर पाएका छन् । इन्टर्नका लागि काठमाडौंका पाँचतारे होटल हुन् वा दुबई, थाइल्यान्ड, सिंगापुर लगायत देशका प्रतिष्ठित होटल किन नहुन्, आईआईएमएसका विद्यार्थीको प्रदर्शन र सहभागीता उत्साहजनक हुने गरेको छ । बीएचएम प्रोग्रामका विद्यार्थीलाई चाहिने टुरिजम इनोभेसन ल्याब, फुड एण्ड न्युट्रेसन रिसर्च ल्याब लगायत सम्पूर्ण सुविधा आईआईएमएसमा उपलब्ध छन् ।

  • विश्वबजारलाई सुहाउने शिक्षा प्रदान गर्दै आएकाे कलेज 'आईएसएमटी'

अन्तर्राष्ट्रियस्तरको अध्यापन गराउने उद्देश्यसहित सन् २०११ मा काठमाडौंको तिनकुने गैरीगाउँमा स्थापना भएको हो, आईएसएमटी अर्थात इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोजोली कलेज।

युनिभर्सिटी अफ सन्डरल्याण्ड, पियरसन बि–टेक र बेलायतको प्रतिष्ठित शैक्षिक संस्था एसीसीएसँग सहकार्य गरेको आईएसएमटी कलेज छोटो समयावधिमै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा स्थापित भएको शैक्षिक संस्था हो । 

कलेजमा एसीसीए, बीबीए, बीएस्सी कम्प्युटर सिस्टम इन्जिनियरिङ र ब्याचलर अफ इन्टरनेशनल टुरिजम एण्ड हस्पिटयालिटि म्यानेजमेन्ट (बीएचएम) कोर्ष कम खर्चमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त ब्रिटिस डिग्रीसहितको अध्ययन अध्यापन हुँदै आएको छ । 

नेपालमै बसेर अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने यो कलेजले बेलायत, अमेरिका र अष्ट्रेलियाका १५० भन्दा बढी विश्वविद्यालयमा विद्यार्थीका लागि क्रेडिट ट्रान्सफरको व्यवस्थासमेत मिलाइदिएको छ । प्रोजेक्ट वर्क, डिस्कसन, प्रेजेन्टेसन जस्ता सिकाई पद्धतीमा बढी विश्वास गर्ने आईएसएमटीको नतिजालाई बेलायतका विश्वविद्यालयलेसमेत उत्कृष्ट मान्दै आएका छन् । 

  • आईएसटी कलेज

पछिल्लो समय हस्पिटालिटी एजुकेसनको क्षेत्रमा सफलताको उचाइ चुमेको कलेज हो आईएसटी कलेज । १८ वर्षअघि सन् २००४ मा स्थापना भएको यो कलेज काठमाडौंको ज्ञानेश्वरमा छ । युनिभर्सिटी ग्रयान्टस् कमिसनबाट संस्थागत मान्यता पाउने नेपालको एकमात्र होटल मेनेजमेन्ट कलेज आइएटीले आफ्नो १८ वर्षे यात्रामा २ हजार भन्दा बढी जनशक्ति उत्पादन गरिसकेको छ  । 

यस कलेजबाट पासआउट भएका विद्यार्थीहरु बेरोजगार बस्नु परेको छैन । ब्याचलर्स लेभलमा एफएचएस डिप्लोमा ईन होटल म्यानेजमेन्ट एण्ड एफएचएस डिप्लोमा ईन टुरिजम म्यानेजमेन्टको अध्ययन गर्ने विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो अवसर पाएका छन् । कलेजले इन्टर्नसिपका लागि बिभिन्न देशमा सहजिकरणसमेत गरिदिने गरेको छ ।  

  • कान्तिपुर इन्टरनेशनल कलेज 

कान्तिपुर इन्टरनेशनल कलेज अर्थात् केआईसी सन् २००० मा स्थापना भएको हो । कान्तिपुर होटल म्यानेजमेन्ट कलेजका नाममा खोलिएको यो कलेजपछि कान्तिपुर इन्टरनेशनल कलेजमा परिणत भएको हो । 

कान्तिपुर इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट पढाई हुने नेपालको पहिलो निजी शिक्षण संस्था पनि हो । काठमाडौंको बुद्धनगरमा कलेज अफ म्यानेजमेन्ट अन्र्तगत रहेर ब्याचलर अफ होटल म्यानेजमेन्ट (बी.एच.एम) तथा व्याचलर अफ हस्पिट्यालिटी एण्ड क्याटरिङ म्यानेजमेन्ट (बी.एच.सी.एम) अध्यापन हुँदै आएको छ । होटल व्यवस्थापनको स्नातकको अध्ययनका क्रममा विद्यार्थीले सैद्धान्तिक र व्यवहारिक ज्ञान दुबै प्राप्त गर्छन् । चार वर्षे यो कोर्षमा ८ सेमेस्टारमा कुल १४४ क्रेडिट आवर अध्ययन गराइन्छ । साथै, ब्याचलर अफ इन्टेरियर डिजाईनसमेत पढाई हुँदै आएको छ । 

  • लिटिल एञ्जल कलेज अफ हाइयर स्टडिज

चार दशक लामो इतिहास बोकेको लिटिल एञ्जल कलेज अफ हाइयर स्टडिज ललितपुरको हात्तीवनमा छ । सन् १९८१ मा खुलेको यो कलेज आवश्यक भौतिक पूर्वाधारले सम्पन्न छ । 

अन्तर्राष्ट्रिय माग अनुसार आफ्ना विद्यार्थीलाई सक्षम बनाउन लिटल एञ्जलले बीएचएम प्रोगामलाई समय सापेक्ष बनाउँदै लगेको छ । प्रयोगात्मक कक्षालाई बढी नै प्राथमिकतामा राखेको यो कलेजले देश तथा बिदेशका प्रतिष्ठित होटलहरुसँग सहकार्य गरेको छ । काठमाडौंमा रहेका ५ तारे होटलसँगको सहकार्यले पनि इन्टर्न गर्ने विद्यार्थीका लागि सहज तुल्याईदिएको छ । सन् २०१० पछि अहिलेसम्म एञ्जलका विद्यार्थीले नेपालसहित संसारका विभिन्न देशमा इन्टर्नसिपसँगै रोजगारीको अवसर प्राप्त गरेका छन् । 

  • नेशनल कलेज अफ कम्प्युटर स्टडिज 

नेशनल कलेज अफ कम्प्युटर स्टडिज अर्थात एनसिसिएस इन्र्फमेशन तथा म्यानेजमेन्ट शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेज हो । एनसीसीएसले आफ्नो यात्राको दुई दशक पूरा गरिसकेको छ । काठमाडौंको क्षेत्रपाटीमा रहेको एनसीसीएस कलेजमा प्लस टू बाहेक ब्याचलर्स तर्फ ४ वर्षे व्याचलर अफ होटल म्यानेजमेन्ट अध्यापन हुँदै आएको छ । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजले देश तथा बिदेशका प्रतिष्ठित होटलसँग सहकार्य गरेको छ । सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासलाई समानान्तररुपमा अगाडि बढाएको यो कलेजमा विद्यार्थीमैत्री वातावरणमा अध्ययन हुने गरेको छ । 

  • शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेको राजधानी मोडल कलेज

काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित राजधानी मोडल कलेज शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका प्रबुद्ध व्यक्तित्वको अग्रसरतामा सन् २०१३ मा स्थापना भएको हो । यो कलेजमा व्यवस्थापन संकायमा ब्याचलर्स तर्फ बीएचएम अध्यापन हुँदै आएको छ । 

विद्यार्थीको व्यक्तित्वमा व्यवहारिक शिक्षा दिएर निखार ल्याउन सकिन्छ भन्ने कुराको हेक्का राजधानी मोडल कलेजलाई राम्रोसँग छ । बीएचएम प्रोग्राममा एकेडेमिक कोर्ष पूरा गरेपछि चौथो वर्ष इन्टर्नसिपका लागि विद्यार्थीले देश विदेशका प्रतिष्ठित होटलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । होटल म्यानेजमेन्टका लागि सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास महत्वपूर्ण भएकाले त्यसको व्यवस्थापन कलेजले मिलाइदिने गरेको छ ।  

  • अत्याधुनिक प्रविधिसहितको ल्याबमा होटल मेनेजमेन्टका कक्षा सञ्चालन गर्ने शुभश्री

शुभश्री कलेज अफ म्यानेजमेन्ट काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर यो कलेजले ब्याचलर्स इन होटल मेनेजमेन्ट बीएचएममा अध्यापन गराउँदै आएको छ । अत्याधुनिक प्रविधिसहितको ल्याबमा होटल मेनेजमेन्टका कक्षा सञ्चालन गर्ने शुभश्रीका विद्यार्थीले सुरुवातबाटै व्यवहारिक शिक्षा पाउने गरेका छन् । होटल मेनेजमेन्टका विद्यार्थीलाई अभ्यासका लागि सुविधा सम्पन्न ल्याब भएको यो कलेजले  इन्टर्नसिपका लागि स्वदेशसँगै बिदेशको पनि चाँजोपाँजो मिलाइदिने गरेको छ । शुभश्री अध्ययन पश्चात विद्यार्थीका लागि जब प्लेसमेन्टको बलियो आधार बन्न सक्नेछ । 

  • टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी 

उत्कृष्ट म्यानेजमेन्ट र आईटी अध्ययनको गन्तव्यका रुपमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, सन् २००९ मा काठमाडौंको सिफलमा स्थापना भएको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सस कलेजमा मलेसियाको लिंकन युनिभर्सिटी कलेजसँगको सहकार्यमा अध्ययन अध्यापन हुँदै आएको छ । टेक्ससमा व्यवस्थापन तर्फ व्याचलर इन हस्पिट्यालिटि म्यानेजमेन्टको ४ बर्षे कोर्षमा अध्यापन हुन्छ । अनुभवी अध्यापक रहेको यो कलेजले होटल म्यानेजमेन्ट, हस्पिट्यालिटि तथा टुरिजम क्षेत्रमा दक्ष जनशक्ति तयार गर्दै आएको छ । उत्कृष्ट नतिजा पस्किँदै आएको यो कलेजमा होटल म्यानेजमेन्टमा आवश्यक पर्ने उपकरण तथा प्रयोगात्मक कक्षाका लागि आवश्यक सम्पूर्ण पूर्वाधार उपलब्ध छ ।  

  • सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यासलाई समेत जोड दिने द ब्रिटिस कलेज

बेलायतमा अध्यापन हुने कोर्ष र प्राप्तहुने डिग्रीलाई नेपालमा भित्र्याउँदै सन् २०११ मा काठमाडौंको थापाथलीमा खुलेको कलेज हो, द ब्रिटिश कलेज (टी.बी.सी) । ब्रिटिस कलेजमा अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित दुई विश्वविद्यालय बेलायतको द युनिभर्सिटी अफ द वेष्ट अफ ईङल्याण्ड (यू डब्लु ई) र लिड्स बेकेट् युनिभर्सिटी (एल.बी.यू) बाट सम्बन्धन प्राप्त कोर्षमा अध्यापन हुँदै आएको छ । यस कलेजमा स्नातक तर्फ ब्याचलर अफ हस्पिटयालिटि बिजनेश म्यानेजमेन्ट (बी.एच.एम) अध्यापन हुँदै आएको छ। 

द ब्रिटिश कलेजले बी.एच.एम ४ बर्षे कोर्षमा सैद्धान्तिकसँगै  प्रयोगात्मक अभ्यासलाई समेत जोड दिएर विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउन मद्दत गरेको छ। बेलायतको अध्यापन शैली अंगालेकाले पनि यो कलेजमा पढाइ र सिकाइ पद्धति फरक छ।

 

Logo