गुणस्तरिय शिक्षा प्रदान गर्ने कलेज ‘द ब्रिटिस’ (भिडियोसहित)

गुणस्तरिय शिक्षा प्रदान गर्ने कलेज ‘द ब्रिटिस’ (भिडियोसहित)


विश्वस्तरको पढाई दिने उद्देश्यले द ब्रिटिश कलेज (टी.बी.सी) सन् २०११ मा काठमाडौंको थापाथलीमा स्थापना भएको हो। भौतिक पूर्वाधारले सुविधा सम्पन्न यस कलेजमा अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित दुई विश्वविद्यालयको सम्बन्धनमा आफ्ना पाठ्यक्रमहरु सञ्चालन गरिरहेको छ । 

बेलायतको द युनिभर्सिटि अफ द वेष्ट अफ इंग्ल्यिाण्ड (यू डब्लु ई) र लिड्स बेकेट् युनिभर्सिटिको (एल.बी.यू) सम्बन्धनमा ए लेभेल, ब्याचलर इन बिजनेश एड्मिनिष्ट्रेशन, बीएससी कम्प्युटिंग, बीएससी, साइबर सेक्यिुरिटी एण्ड फरेन्सिक, (बीएससी) हस्पिट्यालिटी बिजनेश म्यानेजमेन्ट, माष्टर्स इन बिजनेश एडमिनिष्ट्रेशन (एमबीए) एक्जुकेटिभ, जस्ता  कोर्श सञ्चालन गरिरहेको छ। नेपालमा बेलायतका पाठ्यक्रम अध्यापन गराउँदै द ब्रिटिश कलेजले शैक्षिक संस्थाहरुको भीडमा अलग पहिचान बनाएको छ ।

भौतिक, प्राज्ञिक र व्यवस्थापनको विशिष्ट मूल्याङ्कन गरि पूर्ण रूपमा अन्तर्राष्ट्रिय शिक्षा दिनका लागि योग्य प्रमाणित भएको द ब्रिटिश कलेज हो । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अन्तर्राष्ट्रियस्तरको कलेजका रुपमा यस कलेजले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन जोड दिएको छ। विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको शिक्षण पद्धति तथा विभिन्न अवसर प्रदान गर्ने र स्थानीयदेखि युकेका प्रशिक्षकद्वारा अध्यापन गराइने भएकाले समेत यो कलेज विद्यार्थीको  रोजाईमा पर्ने गरेको छ । 

यस कलेजले हालको विश्वबजारमा सुहाउने अन्तर्राष्ट्रियस्तरका कोर्शहरु समावेश गरेर विद्यार्थीमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने योग्य बनाएको छ। यस कलेजमा पढाइने एक महत्वपूर्ण कोर्शका रुपमा बीबीए समेत रहेको छ। ब्रिटिस डिग्रीसहितको व्यवहारिक अध्यापनले धेरै संघसंस्थामा रोजगारीको अवसर जुटाउने गरेको छ। समग्ररुपमा नै बिजनेश म्यानेजमेन्टमा बजार सुहाउँदो शिक्षा दिन यस कलेजले प्रोत्साहन गरेको छ। 

यस कलेजले व्यवसायिक  समस्याको उचित विश्लेषण तथा उचित निष्कर्ष निकाल्ने किसिमले अध्यापन गराउँछ। विद्यार्थीलाई इन्डिष्ट्रीसँग कनेक्ट गर्ने, प्लेसमेन्ट, इन्टर्नसिप, जब फेयर, इन्क्यिुबेसन सेन्टर लगायतको व्यवस्था गरि बीबीए अध्यापनबाट  जीवनोपयोगि शिक्षा दिन यस कलेज प्रतिबद्ध रहेको छ ।

यस कलेजले आईटी विषयहरु बीएससी कम्प्युटिंग लिड्स बेकेट युनिभर्सिटिबाट सम्बन्धन लिएर तथा बीएसी साइबर सेक्युरिटी एण्ड डिजिटल फरेनसिस जस्ता नयाँ प्रोग्राम, युनिभर्सिटि अफ द वेष्ट अफ इंग्ल्याण्डसँग सम्बन्धन पाठ्यक्रम अध्यापन गराईरहेको छ। 

आईटीका क्षेत्रमा विश्व बजारलाई सुहाउने नविनतम ज्ञान दिने उद्देश्यले यस कलेजमा पढाई भइरहेको छ। बीएसी साइबर सेक्युरिटी एण्ड डिजिटल फरेनसिसमा साइबर अट्याक म्यानेज तथा डिजिटल इभिडेन्सहरु अनुसन्धान तथा विभिन्न निकायका डेटा सुरक्षित राख्न लगायत विषयमा व्यवहारिक ज्ञान दिन जोड दिएको छ। 

यस कलेजले हालको विश्वबजारमा सुहाउने अन्तर्राष्ट्रियस्तरका कोर्शहरु समावेश गरेर विद्यार्थीमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने योग्य बनाएको छ।

यस्तै, बीएससी कम्प्युटिंगमा डेटाबेस डेभलपमेन्ट, नेटवर्किंग, वेबसाईट तथा कम्प्युटर सेक्युरिटि लगायत विषय समेटिएका तथा कलेजले  सैद्धान्तिकसँगसँगै प्रयोगात्मक अभ्याससमेत गराएर सम्भावनाका ढोकाहरु खोलिदिएको छ। 

विश्वभरका १७९ देशहरुमा फैलिएका ५ लाख २७ हजारभन्दा बढी विद्यार्थीहरु र २ लाख १९ हजार सदस्यसहितको सबैभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरको लेखाको निकाय भएको ब्रिटिस कलेजले आफ्नो प्र्रोग्राम समेटेको छ । यो प्रोग्रामको अध्ययन गर्ने विद्यार्थी अन्तर्राष्ट्रियस्तरमा समेत सर्वोत्कृष्ट भएका छन् भने उत्कृष्ट भएर नेपालको नाम उच्च बनाएका छन् । कलेजले विद्यार्थीलाई सिर्जनात्मक बनाउन तथा वल्र्ड क्लास सुविधाहरु दिएको छ । यस कलेजले सम्बन्धित फिल्डमा प्रयोगात्मक अनुभवसँगै एक्सपोजर भिजिटसमेत गराउने गरेको छ । यस कलेजबाट उत्र्तीण गरेका विद्यार्थी प्रतिष्ठित संघसंस्थामा आबद्ध रहेका छन् । यस कलेजले विगत १० बर्षमा एसिसिए प्रोग्राममा उत्कृष्ट नतिजा दिँदै दक्ष जनशक्ति उत्पादनगरि सकेको छ । 

कलेजका विशेषताहरु:
-जेहेन्दार, सीमान्तकृत र विपन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
-विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्ति क्रियाकलापमा जोड 
-पाठ्यपुस्तक, सन्दर्भ सामग्रीसहित श्रोतयुक्त पुस्तकालय
-सुविधा सम्पन्न कक्षा कोठा, सफा स्वच्छ क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्थान
-द वुलविच कलेज लन्डन र दुबईमा विद्यार्थीका लागि शैक्षिक भ्रमणको अवसर
-काठमाडौंका इन्डिष्ट्रिहरुसँगको समन्वय तथा विद्यार्थीका लागि इन्टर्नसिप र रोजगारीको अवसर
-सर्वसुलभरुपमा उच्च गुणस्तरिय ब्रिटिश शिक्षा
-घरेलु वातावरणमा छात्रावासको व्यवस्था
-विद्यार्थीका लागि बिजनेश इन्क्यिुबेशन सेन्टर ।

 

Logo