हस्पिटालिटी एण्ड क्याटिरिङ म्यानेजमेन्ट पढाइ हुने नेपालकै पहिलाे कलेज ‘कान्तिपुर इन्टरनेशनल’ (भिडियाे)

हस्पिटालिटी एण्ड क्याटिरिङ म्यानेजमेन्ट पढाइ हुने नेपालकै पहिलाे कलेज ‘कान्तिपुर इन्टरनेशनल’ (भिडियाे)


कान्तिपुर इन्टरनेशनल कलेज अर्थात् केआईसी सन् २००० मा स्थापना भएको हो। सुरुमा कान्तिपुर होटल म्यानेजमेन्ट कलेजका नामबाट खोलिएको यो कलेजपछि कान्तिपुर इन्टरनेशनल कलेजमा परिणत भएको हो। 

कान्तिपुर इन्टरनेशनल कलेजले आफ्नो स्थापनाको चार वर्षभित्र काठमाडौं उपत्यकाको फरक लोकेशनमा कलेज सञ्चालनमा ल्याएको छ। फरक संकायमा काठमाडौंको बानेश्वरमा कलेज अफ म्यानेजमेन्ट तथा ललितपुरको इमाडोलमा कलेज अफ इन्जिनियरिङ सञ्चालनमा छ। कान्तिपुर इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट पढाई हुने पहिलो निजी शिक्षण संस्था हो।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजले बीएचएम, बीआईडी, बीएचसीएम, एमएचएम, बीबीए, एमबीए, बीइसिभिल/बीअर्च लगायत प्रोगाम सञ्चालन गरिरहेको छ। ब्याचलर्स हस्पिट्यालिटी एण्ड क्याटरिङ म्यानेजमेन्ट पढाइ हुने नेपालकै पहिलो कलेज कान्तिपुर इन्टरनेशनलले गुणस्तरीय शिक्षामा विश्वास गर्छ। जुनसुकै विषयमा प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई ब्याचलर्समा होटल म्यानेजमेन्ट अध्ययन गर्न केआईसीको ढोका खुल्ला रहन्छ।

बीबीएमा पनि केआईसीको नाम उत्तिकै उच्च छ। किताबी ज्ञानका साथसाथै व्यवहारिक शिक्षालाई पनि प्राथमिकतामा राखेको यो कलेजबाट पासआउट भएका विद्यार्थीहरु विभिन्न कर्पोरेट हाउसको उच्च पदमा पुगेका छन्। कतिले नेतृत्व पनि गरिरहेका छन् ।

कान्तिपुर इन्टरनेशनल कलेजको शिक्षण पद्धति प्रति विद्यार्थीहरु आफैं सन्तुष्ट छन् । केआईसीसँग आवद्ध हुन पाएकोमा उनीहरु गर्व गर्छन् ।

दक्षजनशक्ति उत्पादनसहित विद्यार्थीलाई उचित मार्ग निर्देश गर्नु पनि यस कलेजको ध्येय हो। भौतिक संरचनाले सुविधा सम्पन्न यस कलेजले विद्यार्थीको चौतर्फी विकासलाई समेत ध्यान दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। 

कलेजका विशेषताहरु 
o    हस्पिट्यालिटी एण्ड क्याटरिङ म्योनजमेन्ट पढाइ हुने नेपालकै पहिलो कलेज । 
o    भौतिक पूर्वाधारमा बलियो कलेज । 
•    शान्त वातावरणमा पढाइ हुने कलेज । 
•    सांस्कृतिक कार्यक्रम, विभिन्न प्रतियोगितात्मक प्रतिस्पर्धा, फिल्ड भिजिट लगायत क्रियाकलाप भएको कलेज । 
•    खेलकुदमा अब्बल कलेज । 
•    अनुभवी शिक्षक र उत्कृष्ट व्यवस्थापन भएको कलेज । 
•    हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्न सफल कलेज । 
•    सेमिनार, ग्रुप डिस्कसन, वर्कसपको व्यवस्था भएको कलेज । 
•    सुविधासम्पन्न कम्प्युटर ल्याब, लाईब्रेरी, हाईजेनिक क्यान्टिन भएको कलेज । 
•    अन्तर्राष्ट्रियस्तरको कोर्षहरु विभिन्न प्रोग्राम समावेश भएको कलेज ।

 

हस्पिटालिटी एण्ड क्याटरिङ् म्योनजमेन्ट पढाइ हुने नेपालकै पहिलो कलेज || KIC

हस्पिटालिटी एण्ड क्याटरिङ् म्योनजमेन्ट पढाइ हुने नेपालकै पहिलो कलेज || Kantipur International College
कान्तिपुर इन्टरनेशनल कलेज अर्थात् केआईसी सन् २००० मा स्थापना भएको हो । सुरुमा कान्तिपुर होटल म्यानेजमेन्ट कलेजका नामबाट खोलिएको यो कलेज पछि कान्तिपुर इन्टरनेशनल कलेजमा परिणत भएको हो । कान्तिपुर इन्टरनेशनल कलेजले आफ्नो स्थापनाको चार वर्ष भित्र काठमाडौं उपत्यकाको फरक लोकेशनमा कलेज सञ्चालनमा ल्याएको छ । फरक संकायमा काठमाडौंको बानेश्वरमा कलेज अफ म्यानेजमेन्ट तथा ललितपुरको इमाडोलमा कलेज अफ इन्जिनियरिङ सञ्चालनमा छ । कान्तिपुर इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट पढाई हुने पहिलो निजी शिक्षण संस्था हो ।
Contacts:
Phone No:+977-01-4790564 +977-01-4793904 +977-9801977697
Email: college@kantipurinternational.edu.np
Location: Buddhanagar, New Baneshwor,

Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, March 24, 2022

Logo