बेष्ट २५ म्यानेजमेन्ट कलेज (भिडियोसहित)

बेष्ट २५ म्यानेजमेन्ट कलेज (भिडियोसहित)


उच्च माध्यमिक तहको अध्ययन पश्चात उच्च शिक्षा अध्ययनका क्रममा आफूलाई रुचि लागेको विषय तथा अध्ययनका लागि उपयुक्त कलेज छनौट, विद्यार्थी र अभिभावकका लागि चुनौतीपूर्ण छ। स्नातकमा भएका धेरै संकायमध्ये व्यवस्थापन संकायमा विद्यार्थीको रुची दिनानुदिन बढ्दो छ। व्यवस्थापन विषयमा भएका प्रोग्रामले समय सान्दर्भिक अध्ययन अध्यापन गराउने भएकालेसमेत यो विषयमा रुची बढ्नु स्वभाविक पनि हो। 

पछिल्लो समय व्यवस्थापन संकायमा विविध विषय पढाईने भएकाले विद्यार्थीको रुची बढ्दो छ । व्यवस्थापन संकायको स्नातकमा सबैभन्दा बढि ब्याचलर्स इन बिजनेश एडमिनिस्ट्रेसन (बी.बी.ए) मा विद्यार्थीको रुची छ। बैंक, बीमा, फाइनान्स तथा अन्य वित्तीय संस्थासहित कर्पोरेट हाउसमासमेत बीबीए पढेका विद्यार्थीको माग बढी छ। यद्यपी, बीबीए बाहेकका अन्य नयाँ कोर्षमा समेत विद्यार्थीको संख्या उल्लेख्य छ। शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अन्य संकायको तुलनामा व्यवस्थापन संकायमा दोब्बर बढी विद्यार्थी अध्ययनरत छन् । 

व्यवस्थापनमा हाल विभिन्न पृथक विषयहरु समावेश गरिएको छ । बीबीएस, बीबीए–बीआई (बैंकिङ एण्ड इन्सुरेन्स) ब्याचलर अफ बिजनेश इन्फर्मेसन म्यानेजममेन्ट (बीआईएम), ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) ब्याचलर अफ पब्लिक एडमिनिस्ट्रेसन (बीपीए), ब्याचलर अफ माउन्टेनरिङ स्टडिज (बीएमएस), ब्याचलर इन बिजनेश म्यानेजमेन्ट (बी.बी.एम), ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट लगायत कोर्ष सञ्चालनमा छन् । व्यवस्थापन संकायका यी प्रोग्रामहरु त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेर कलेजहरुले पढाउँदै आएका छन् । 

सैद्धान्तिक र प्रयोगात्मकरुपमा प्रभावकारी सिकाई हुने भएकाले व्यवस्थापन अध्ययनपछि विद्यार्थीमा नेतृत्वदायी क्षमताका साथै व्यवस्थापकीय सीपको विकास हुन्छ । बीबीएको ४ वर्षे कोर्षमा ८ सेमेस्टरमा पढाई हुन्छ। 

आफ्नो करिअर बनाउन उपयुक्त कलेज छनौट गर्न विद्यार्थी तथा अभिभावकलाई चुनौतीपूर्ण छ । विद्यार्थीलाई आवश्यक पर्ने विविध विषयका आधारमा उत्कृष्ट २५ कलेज हामीले छनौट गरेका छौं । यद्यपी यहाँ उल्लेख भएका कलेज बाहेक अन्य केही कलेज उत्कृष्ट हुन सक्छन् । लामो समयको अध्ययन, उत्कृष्ट नतिजा, सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा, इन्टर्नसिपका लागि सहजिकरण, रोजगारीका लागि उचित परामर्श, स्वदेश तथा विदेशमा अध्ययन गर्ने मौका, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादन, भौतिक पूर्वाधारको अवस्था लगायतलाई हामीले उत्कृष्ट कलेज छनोटको आधार बनाएका छौं। उत्कृष्ट कलेज छनोटको यो प्रक्रियामा केही शिक्षण संस्थाले भने इच्छा देखाएनन् ।  

व्यवस्थापन संकायमा उत्कृष्ट २५ कलेजका विशेषताका आधारमा उत्कृष्ट शैक्षिक संस्था छनौट गरिएको छ ।  वर्णानुक्रम अनुसारकाे नाम यस्ताे छः

  • व्यवसायिक जनशक्ति उत्पादन गर्ने कलेज, आयाम 

ललितपुरको कुमारीपाटीमा रहेको आयाम इन्टरनेशनल कलेज सन् २०१२ मा स्थापना भएको कलेज हो । यो कलेजमा ब्याचलर्स तर्फ बीबीएमा अध्यापनको लामो अनुभव संगालेका प्राध्यापकबाट पढाइ हुँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आयाम इन्टरनेशनल कलेजले बीबीए प्रोगामलाई केन्द्रबिन्दुमा राखेर अध्यापन गराउँदै आएको छ । फाइन्यान्सियल एनालिष्ट, अप्रेसन म्यानेजर, एचआर म्यानेजर, अकाउन्टिङ अफिसर लगायत क्षेत्रमा करियर बनाउन खोजिरहेका विद्यार्थीका लागि आयाम इन्टरनेशन उपयुक्त शैक्षिक गन्तव्य हो । विद्यार्थीका लागि सैद्धान्तिक ज्ञानसँगसँगै प्रयोगात्मक अभ्यासका लागिसमेत शिक्षकले विद्यार्थीलाई प्रेरित गर्ने गरेका छन् । अडियो भिजुअल सुविधा, कम्प्युटर ल्याबसहितको अन्तर्क्रियात्मक कक्षा कोठाहरु आयाममा उपलब्ध छ।

  • व्यवस्थापन शिक्षामा आफूलाई पृथक सावित गरेको कलेज अफ अप्लाइड बिजनेश (क्याब)

उडी छुनु चन्द्र एकको मूलमन्त्रलाई अनुशरण गरेको कलेज अफ अप्लाइड बिजनेश अर्थात् क्याब कलेज सन् १९९८ मा बत्तीसपुतलीमा स्थापना भएको कलेज हाल चाबहिल गंगाहिटीमा अवस्थित छ । व्यवस्थापन शिक्षामा आफूलाई पृथक सावित गरेको यस कलेज मुनाफा वितरण नगर्ने कलेजको रुपमा गुणस्तरीय शिक्षा दिन सुरुवातबाटै प्रतिबद्ध छ। अनुभवी अध्यापकद्वारा पढाई हुने यो कलेजमा व्यवस्थापन संकायमा ४ वर्षे कोर्षहरु बीबीए, बीबीएस र बीआईएमको अध्यापन हुँदै आएको छ । सेमिनार, रिसर्च, इन्डष्ट्री भ्रमण लगायत विविध पक्षले विद्यार्थीको व्यक्तित्व विकासमा थप टेवा पुर्याएको छ। क्याब कलेजबाट उत्तीर्ण भएका विद्यार्थीले किताबी शिक्षासँगै व्यवहारिक ज्ञान पनि पाउँदै आएका छन् । जसले उनीहरुलाई करियर बनाउन मद्दत पुग्दै आएको छ। 

  • थोरै रकममा गुणस्तरीय शिक्षा दिने कलेज, हेराल्ड कलेज काठमाडौं  

गुणस्तरीय शिक्षाको खाँचो अन्त्य गर्ने मूल उद्देश्यले सन् २००० मा काठमाडौंको नक्सालमा खोलिएको कलेज हो हेराल्ड कलेज काठमाडौं । आईएनजी ग्रुपमा आबद्ध यस हेराल्ड कलेज काठमाडौं ब्याचलर्स डिग्री प्रोगाममा बेलायतको उल्भरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । विद्यार्थीका लागि सुपथ मूल्य र सहज वातावरणमा अन्तर्राष्ट्रियस्तरको अध्यापन हुने हेराल्ड कलेज काठमाडौंले व्यवस्थापन तर्फ विश्वबजारलाई सुहाउने गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । २२ वर्षे यात्रामा हेराल्ड कलेज काठमाडौंले स्नातक तर्फ बीआइबीएममा अनुभवी प्राध्यापकबाट शिक्षा प्रदान गर्दै आएको छ । हेराल्ड कलेज काठमाडौं उदीयमान बजार, विश्वव्यापीकरण, विभिन्न देशका बजार र व्यापारिक वातावरणको तुलना गर्दै अन्तर्राष्ट्रिय व्यापारमा सबैभन्दा महत्वपूर्ण विषयलाई आफ्नो कोर्षमा समेटेको छ।  

  • शिक्षा क्षेत्रमा चिरपरिचत नाम, हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज  

शिक्षा क्षेत्रमा हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज चिरपरिचत नाम हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको पुतलीसडकमा छ । २१ वर्षअघि स्थापना भएको हिमालयन ह्वाईट हाउस म्यानेजमेन्ट र टेक्नोलोजीको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा छुट्टै छाप छोड्न सफल भएको छ । म्यानेजमेन्ट संकाय अन्तर्गत बीबीए प्रोग्रामप्रति विद्यार्थीको लगावलाई ध्यानमा राख्दै यो कलेजले विश्वबजारमा मार्केटेबल हुने गरि अध्यापन गराउँदै आएको छ। बीबीएको कोर्षमा आधारित गेष्ट लेक्चरको रियालिटी बेस एक्सपेरियन्स सेयरिङ, इन्डष्ट्रि टुर लगायतले विद्यार्थीलाई दक्ष बनाउन सजिलो बनाइदिएको छ। 

  • शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त कलेज, आइआइएमएस 

आइआइएमएस कलेज अर्थात् इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेज सन् २०१० मा काठमाडौंको पुतलीसडकमा स्थापना भएको हो। आइआइएमएस  एजुकेशन फाउण्डेशन प्रा.लि अन्तर्गत सञ्चालित यो कलेजका सबै डिग्री कार्यक्रमहरू शिक्षा मन्त्रालयबाट पूर्णरूपमा मान्यता प्राप्त र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताका लागि प्रमाणित छन् । साथै, यो कलेज मलेशियाको टेलर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ। व्यवस्थापन तर्फ बीबीए र बीए (अकाउन्टिङ) मा आइआइएमएसले विद्यार्थीलाई आफ्नो व्यक्तिगत र व्यवसायिक प्रयासबाटै उत्कृष्ट र योग्य जनशक्ति तयार पार्ने उद्देश्य राखेको छ। विभिन्न उद्योग तथा बैंकसँगको सहकार्यले पनि आईआईएमएस अध्ययन गर्ने विद्यार्थीका लागि जबप्लेसमेन्टमा सहयोग पुग्दै आएको छ। 

  • जब प्लेसमेन्टका लागि सहयोगी कलेज, इम्पेरियल बिजनेस कलेज

सन् २०१३ मा काठमाडौंको हात्तीसारमा स्थापना भएको कलेज हो इम्पेरियल बिजनेस कलेज । नर्भिक बिजनेस कलेजको नामबाट शुभारम्भ भएको यो कलेज अहिले इम्पेरियल बिजनेस कलेज बनेको हो । बौद्धिक र अनुभवी विशेषज्ञको टोलीबाट अध्यापन हुने यो कलेजमा व्यवस्थापनमा स्नातक तर्फ ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीएमा पढाई हुँदै आएको छ। ४ बर्षे कोर्षमा ८ सेमेस्टर तथा ७ सेमेस्टर इन्टर्नसिप रहेको छ । विभिन्न उद्योग तथा बैंकसँग सहकार्य गरेको यो कलेजले इन्टर्नमा मात्र नभइ जब प्लेसमेन्टका लागि पनि सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।   

  • मेट्रोपोलिटन कलेजसँग सिधै सम्झौता गर्ने नेपालको पहिलो कलेज, इस्लिङ्टन 

काठमाडौंको कमलपोखरीमा सन् १९९६ मा खुलेको इस्लिङटन कलेजले स्थापनाको रजत जयन्ती मनाएको छ । बेलायतको लन्डन मेट्रोपोलिटन कलेजसँग सिधै सम्झौता गर्ने नेपालको पहिलो कलेज इस्लिङ्टन अन्तर्राष्ट्रिय डिग्री दिने कलेजको समूहमा अलग छ । आइएनजी समूहसँग आबद्ध यो कलेजले नविनतम अभ्यासमार्फत विजनेश विषयका विभिन्न कोर्षलाई पनि स्पेशलाइज गरेको छ । ब्याचलर्स इन बिजनेश एडमिनिष्ट्रशेन, इन्टरनेशनल बिजनेश, इभेन्टस एण्ड टुरिजम म्यानेजमेन्ट, एडभर्टाइजिङ एण्ड मार्केटिङ तथा ब्याचलर इन एकाउन्टिङ एण्ड फाइनान्स विषयको अध्यापन हुँदै आएको छ । 

  • विद्यार्थीको रोजाईको कलेज, आइएसएमटी  

अन्तर्राष्ट्रियस्तरको अध्यापन गराउने उद्देश्यसहित सन् २०११ मा काठमाडौंको तिनकुने गैरीगाउँमा स्थापना भएको हो, आईएसएमटी अर्थात इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोजोली कलेज । आईएसएमटी कलेज छोटो समयावधिमै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा स्थापित शैक्षिक संस्था हो ।  

आईएसएमटी कलेजमा व्यवस्थापनमा ब्याचलर अफ बिजनेश एडमिनिष्ट्रेशन (बी.बी.ए)  यु.के को युनिभर्सिटी अफ सन्डरल्याण्ड र पियरसन बिटेकको कोर्षमा अध्ययन हुँदै आएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको अध्यापन हुने भएकाले इन्टर्न गर्न र व्यवस्थापनमै करियर बनाउन आईएसएमटीका विद्यार्थीका लागि सहज हुने गरेको छ। बीबीए प्रोग्राम लामै समयदेखि नेपालमा पढाई हुँदै आएपनि आईएसएमटी कलेजले समय सापेक्ष बनाएर अध्ययन गराउँदै आएको छ । त्यसैले बीबीए अध्ययन गरेर भविष्य बनाउन खोज्नेहरुका लागि आईएसएमटी कलेज उपयुक्त शैक्षिक गन्तव्य हो। 

  • विद्यार्थीमैत्री वातावरण भएको कलेज, कान्तिपुर इन्टरनेशनल कलेज (केआईसी )

कान्तिपुर इन्टरनेशनल कलेज अर्थात् केआईसी सन् २००० मा स्थापना भएको हो । कान्तिपुर इन्टरनेशनल कलेजले आफ्नो स्थापनाको चार वर्षदेखि नै काठमाडौं उपत्यकाको फरक लोकेशनमा तीन वटा कलेज सञ्चालनमा ल्याएको छ । काठमाडौंको बुद्धनगरमा कलेज अफ म्यानेजमेन्ट सञ्चालनमा छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केआईसीमा बीबीए को सैद्धान्तिक र प्रयोगात्मक अभ्यास मार्फत अध्यापन हुँदै आएको छ । उत्कृष्ट नतिजा पस्किदै आएको केआइसीले बीबीए अध्यापनलाई समयसापेक्ष बनाउदै ल्याएको छ । बीबीए अध्ययनमा बढ्दो चासोलाई ध्यानमा राखेर केआईसीले विद्यार्थीमैत्री अध्ययन शैलीको विकास गरेको छ ।

  • क्यूएए मान्यता पाउने नेपालकाे पहिलो कलेज, काठमाडौं ​​​​​​ बर्नहार्ट 

४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा २०७६ सालमा शिक्षा मन्त्रालयबाट सम्मानित हुने पहिलो निजी कलेज हो काठमाडौं बर्नहार्ट । अन्तर्राष्ट्रिय साक्षरता दिवस सन् २०१९ बाटसमेत सम्मानित हुने कलेज हो काठमाडौं बर्नहार्ट । २०६० सालमा काठमाडौंको बाफलमा स्थापना भएको काठमाडौं बर्नहार्टले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ । विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त यो कलेज त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज पनि हो ।

काठमाडौं बर्नहार्टले १८ वर्षे अध्ययन र अध्यापनको यात्रामा ठूलो छलाङ मारेको छ । विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता तथा त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने काठमाडौं बर्नहार्ट पहिलो निजी कलेज हो । 

गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा पस्किँदै आएको यो कलेजमा व्यवस्थापन संकायमा समयसापेक्ष अध्यापन हुँदै आएको छ । काठमाडौं बर्नहार्टमा व्यवस्थापन तर्फ स्नातकमा ब्याचलर्स इन बिजनेश स्टडिज बीबीएस तथा ब्याचलर अफ बिजनेश म्यानेजमेन्ट बीबीएमको पढाई हुँदै आएको छ । व्यवस्थापन क्षेत्रमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४ बर्षे कोर्षमा काठमाडौं बर्नहार्टले दक्ष जनशक्ति तयार गर्न सुरुवातबाटै कडा मिहेनत गर्दै आएको छ ।    

  • विद्यार्थीलाई सिर्जनात्मक बनाउन जोड दिँदै आएको काठमाडौं विजनेश कलेज (केविसी)

समृद्धि स्कूल अन्तर्गत रहेर काठमाडौं विजनेस कलेज म्यानेजमेन्ट र इन्फर्ममेशन कम्युनिकेशन (आईसीटी)को क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । 

विद्यार्थीको वृत्ति विकासलाई ध्यानमा राखेर केबीसीले अध्ययनका लागि काठमाडौंको शान्त ठाउँ टोखामा आफ्नो भवन निर्माण गरेको छ । भौतिक पूर्वाधारले सम्पन्न यो कलेज स्वच्छ, सुन्दर स्थान काठमाडौंको वनस्थलीमा अवस्थित छ । त्रिभुवन विश्वविद्यालबाट सम्बन्धन प्राप्त केबीसीले ब्याचलर अफ बिजनेश स्टडीज (बीबीएस) को ४ बर्षे कोर्षमा अध्यापन हुँदै आएको छ । पर्याप्त खेलकुद मैदान तथा अतिरिक्ति क्रियाकलाप मार्फत काठामाडौं विजनेश कलेजले विद्यार्थीलाई सिर्जनात्मक बनाउन जोड दिँदै आएको छ । शान्त र सुन्दर वातावरणमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि यो कलेज उपयुक्त शैक्षिक गन्तव्य हुनेछ । 

  • शैक्षिक रुपान्तरणको नेतृत्व गर्ने कलेज, काठमाडौं मोडल कलेज (केएमसी) 

२२ वर्षअघि सन् २००० मा काठमाडौंको बागबजारमा स्थापना भएको काठमाडौं मोडल कलेज अर्थात केएमसीबाट १५ हजार बढी विद्यार्थी उत्तीर्ण भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा व्यवस्थापन तर्फ स्नातकमा बीबीए, बीबीएम र बीबीएसका प्रोग्रामहरु सञ्चालनमा छन् ।  देश बाहिरका बिभिन्न प्रतिष्ठित युनिभर्सिटीसँगको सहकार्यमा नविनतम शिक्षण विधिहरु अवलम्बन गर्दै केएमसीले, विद्यार्थी केन्द्रित सिकाईलाई आफ्नो रणनीतिमा राखेको छ । विश्व बैंकको कर विशेषज्ञसहित बिभिन्न राष्ट्रियस्तरमा कर्पोरेट क्षेत्रका सीईओसमेत जन्माएको केएमसीले इनोभेसन सेन्टर मार्फत विद्यार्थीका विजनेश आइडीयालाई मूर्तरुप दिई नविनतम योजनामा परिणत गर्ने गरेको छ। स्नातकमा व्यवस्थापन संकायमा भर्ना हुन चाहने विद्यार्थीका लागि गुणस्तरीय शैक्षिक संस्था हो । 

  • चार दशक लामो अनुभव बोकेको कलेज, लिटल एन्जल्स

चार दशक लामो इतिहास बोकेको शैक्षिक संस्था हो, लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट । जुन ललितपुरको हात्तीवनमा छ। शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका अध्यापकको साथ सहयोगले आज लिटल एञ्जल सफल कलेजका रुपमा स्थापित छ। 

लिटल एञ्जल्स कलेज अफ म्यानेजमेन्ट अन्तर्गत लिटल एञ्जल्स कलेज अफ म्यानेजमेन्ट ( एलएसीएम) काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । व्यवस्थापन संकायमा  ब्याचलर अफ बिजनेश एड्मिनिष्ट्रेशन (बीबीए) तथा  ब्याचलर अफ बिजनेश इन्फर्ममेशन सिस्टम (बीबीआईएस) लिटल एन्जलमा अध्यापन हुँदै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेज स्नातकमा व्यवस्थापन संकाय अध्यापन गर्न उपयुक्त हुनेमा दुईमत छैन । 

  •  विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहने कलेज, एनसीसीएस

नेशनल कलेज अफ कम्प्युटर स्टडिज अर्थात् एनसीसीएस, इन्र्फमेशन तथा म्यानेजमेन्ट शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेज हो ।  

काठमाडौंको क्षेत्रपाटीमा रहेको एनसीसीएस कलेजमा व्यवस्थापन संकायमा ब्याचलर्स तर्फ ४ वर्षे बीआइएम र बीबीएम अध्यापन हुँदै आएको छ । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले म्यानेजमेन्टका कोर्षमा व्यवहारिक शिक्षा दिँदै आएको छ। व्यवस्थापन संकायमा दुई दशकअघि करिब ३५ जना विद्यार्थीबाट सुरु भएको यस कलेजमा अहिले २५ सय विद्यार्थी आवद्ध छन् । व्यवस्थापनमा उत्कृष्ट नतिजा पस्किँदै आएको यो कलेजबाट ग्र्याजुएट भएकाहरु अहिले पनि विभिन्न बैंक तथा वित्तीय संस्था, औद्योगिक तथा व्यापारिक क्षेत्रको नेतृत्वमा छन् । व्यवस्थापन संकायमा व्याचलर्स भर्ना हुन यो कलेज उपयुक्त शैक्षिक गन्तव्य हो । 

  • लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने पहिलो कलेज, फिनिक्स  

फिनिक्स कलेज अफ म्यानेजमेन्ट काठमाडौंको मैतिदेवीमा सन् २०११ मा स्थापना भएको हो । फिनिक्स कलेज मलेसियास्थित लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज हो । प्रोफेसर डाक्टर फत्तबहादुर केसी, उपेन्द्र कोइराला र शिवदत्त ज्ञवालीको समेत उपस्थितीले कलेजको शिक्षण विधिमा नयाँ आयाम थपेको छ । फिनिक्स कलेजमा व्यवस्थापन संकायतर्फ ब्याचलर अफ बिजनेश एडमिनिष्ट्रिेशनको अध्यापन हुँदै आएको छ । यस कलेजमा अध्ययन गरिरहेका विद्यार्थीले नेपालका विभिन्न कर्पोरेट इन्डष्ट्रिज र स्वदेश तथा विदेशमा रहेका मल्टिनेशनल कम्पनीमा उत्कृष्ट काम गरिरहेका छन् । 

  • अब्बल दर्जाको कलेज, पिनाकल 

ललितपुरको लगनखेलमा रहेको पिनाकल कलेजको भौतिक पूर्वाधार त आकर्षक छ नै कलेज परिषरसमेत लोभलाग्दो छ । गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, अनुशासित विद्यार्थी, प्रबुद्ध व्यक्तिहरुको संलग्नताले पनि यो कलेजलाई शैक्षिक संस्थाको संसारमा अग्रणी बनाएको छ । 

व्यवस्थापन तर्फ उत्कृष्ट पढाई हुँदै आएको पिनाकलमा ब्याचलर्समा बीबीएस र बीबीएमको अध्यापन हुने गरेको छ । कोर्षसँगसँगै इन्टर्नसिप, प्रोजेक्ट वर्कमा समेत केन्द्रित गरेर बजारको माग अनुसार पिनाकल कलेजले अध्यापन गराउँदै आएको छ। साथै त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त स्नातक तर्फ बीएससी माइक्रोबायोलोजीसमेत सन् २००७ बाट पिनाकलमा पढाई हुँदै आएको छ ।  

  • व्यवसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको कलेज, प्रेसिडेन्सियल

अन्तर्राष्ट्रियस्तरको शिक्षण प्रणालीलाई अंगालेको प्रेसिडेन्सियल बिजनेश स्कूलले सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक अभ्यासमा पनि जोड दिँदै आएको छ । आजको शिक्षा भोलिको भविष्य भने झैं प्रोफेशनल जनशक्ति उत्पादन गर्ने गरि प्रेसिडेन्सियल कलेजले आफ्नो शिक्षण सिकाई विधि अवलम्बन गरेको छ । सन् २०११ मा स्थापना भएको प्रेसिन्डिेन्सियल बिजनेश स्कूल काठमाडौं नयाँ बानेश्वरको थापागाउँमा अवस्थित छ । अमेरिकाको वेष्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेज व्यवस्थापन अध्ययनका लागि चर्चित छ । यस बिजनेश स्कूलमा विशेषगरि ब्याचलर्समा बीबीए अध्ययनका लागि कम्तिमा प्रत्येक विषयमा डिप्लस तथा कुल टु जिपिए ल्याएको हुनुपर्नेछ । बीबीए अध्ययनका क्रममा ६० दिने इन्टर्नसिप तथा अन्य प्रोजेक्ट वर्कको व्यवस्था छ । 

  • राजधानीको अब्बल कलेज, राजधानी मोडल कलेज

काठमाडौंको पुरानो बानेश्वरमा रहेको राजधानी मोडल कलेज सन् २०१३ मा स्थापना भएको हो । शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुको संलग्नतामा खोलिएको राजधानी मोडलमा व्यवस्थापन संकायका विविध विषयमा पढाई हुँदै आएको छ । स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा दिँदै आएको यस कलेजमा व्यवस्थापन संकायमा ब्याचलर्स तर्फ बीबीए अध्यापन हुँदै आएको छ । देशका विभिन्न कम्पनीहरुसँग जब प्लेसमेन्टका लागि सम्झौता गरेको राजधानी कलेजबाट ग्रेजुएट भएका विद्यार्थी विभिन्न प्रतिष्ठित संघसंस्था र कर्पोरेट हाउसमा आवद्ध छन् । 

  • व्यवहारिक ज्ञान दिने कलेज, शुभश्री

शुभश्री कलेज अफ म्यानेजमेन्ट काठमाडौंको नयाँ बानेश्वरमा छ । कलेजमा व्यवस्थापन संकायका विभिन्न प्रोगामहरुको अध्यापन हुने गरेको छ । ब्याचलर अफ बिजनेश एड्मिनिष्टे«शन बीबीए प्रोगाममा शुभश्री कलेजले विद्यार्थीलाई मार्केट सुहाउँदो अध्यापन गराएर विभिन्न अवसरहरु प्राप्त गर्ने वातावरण सिर्जना गर्दछ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीबीएको अध्यनयका क्रममा यो कलेजले सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि विद्यार्थीलाई दिने गरेको छ । ४ बर्षे बीबीए कोर्षमा इन्टर्नसिप र प्रोजेक्ट वर्कमा पनि विशेष ध्यान दिने शुभश्रीले विद्यार्थीलाई विश्व बजारमा प्रतिश्पर्धी बनाउन आफ्नो कोर्षमा सुहाउँदो परिवर्तन गर्दै ल्याएको छ ।

  • उपयुक्त शैक्षिक वातावरण भएको कलेज, सेन्ट लरेन्स  

काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा अग्रस्थानमा आउँछ । सन् १९९७ मा स्थापना भएको यो कलेज काठमाडौं चाबहिलको पीपलबोटमा अवस्थित छ । उच्च माध्यमिक तहदेखि स्नातकोत्तरसम्मको अध्ययन हुने यो कलेजका कोर्ष त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छन् । कलेजमा व्यवस्थापन तर्फ बीबीएस अध्यापन हुने गरेको छ । उत्कृष्ट नतिजा दिँदै यो कलेजले आफ्ना विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धामा उत्रन सक्ने बनाउन उपयुक्त शैक्षिक वातावरण मात्र प्रदान गर्ने हैन अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आएको छ ।

  • उत्कृष्ट म्यानेजमेन्ट कलेज, टेक्सस

उत्कृष्ट म्यानेजमेन्ट र आईटी अध्ययनको गन्तव्यका रुपमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, काठमाडौंको सिफलमा छ । यो कलेज, टेक्सस इन्टरनेशनल एजुकेशन नेटवर्कको भगिनी संस्था हो । टेक्सस कलेजमा व्यवस्थापन तर्फ स्नातकमा बीबीए विषयको अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सस कलेजसँग मलेसियाको लिंकन युनिभर्सिटी कलेजको कोल्याब्रेसन रहेको छ । बैंक, वित्तीय संस्था, विभिन्न कर्पोरेट हाउस, उद्योगलगायत क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित टेक्ससले आफ्ना विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ । 

  • दक्ष जनशक्ति उत्पादन गरिरहेको​​​​​​​ कलेज, द ब्रिटिस कलेज

बेलायतमा अध्यापन हुने कोर्ष र प्राप्त हुने डिग्रीलाई नेपालमा भित्र्याउँदै सन् २०११ मा काठमाडौंको थापाथलीमा खुलेको कलेज हो, द ब्रिटिश कलेज (टी.बी.सी) । ब्रिटिस कलेजमा अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित दुई विश्वविद्यालय बेलायतको द युनिभर्सिटी अफ द वेष्ट अफ इङल्याण्ड (यू डब्लु ई) र लिड्स बेकेट् युनिभर्सिटी (एलबीयू) बाट सम्बन्धन प्राप्त कोर्षमा अध्यापन हुँदै आएको छ। अन्तर्राष्ट्रियस्तरको शिक्षण पद्दति तथा विभिन्न अवसर प्रदान गर्ने यस कलेजले व्यवस्थापन संकायमा स्नातक तर्फ ब्याचलर इन बिजनेश एड्मीनिस्ट्रेशन (बीबीए), तथा अन्तर्राष्ट्रियस्तरको लेखा निकाय एसोसिएसन अफ चार्टर सर्टिफाइड एकाउण्ट्स (एसीसीए) को कोर्ष अध्ययन गराउँदै आएको छ । विगत १० वर्षमा ब्रिटिस कलेजले एसीसीए प्रोग्राममा उत्कृष्ट नतिजा दिँदै दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । 

  • अध्ययनमा अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल कलेज, द टाइम्स 

सन् २००७ मा स्थापना भएको द टाईम्स इन्टरनेशनल कलेज, गुणात्मक शिक्षा दिने सफल शिक्षण संस्थाका रुपमा परिचित छ । काठमाडौंको डिल्लीबजारमा रहेको द टाइम्स कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तर्फ व्यवस्थापन संकायमा बीबीएम र बीबीएस प्रोग्रामहरु सञ्चालन गरिरहेको छ। 

विगतमा स्नातक तर्फ उत्कृष्ट नतिजा निकाल्दै टाइम्सले शिक्षण संस्थाको माझमा राम्रो छाप छोडेको छ। विशेषगरि बीबीएम प्रोग्राममा कलेजले विद्यार्थीको म्यानेजेरियल स्किल अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ । ४ बर्षे बीबीएम प्रोग्राम त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएर नविनतम तथा समयसापेक्ष ढंगले अध्यापन हुँदै आएको छ । अध्ययनमा अब्बल ठहरिँदै अन्तर्राष्ट्रिय उपाधिसमेत प्राप्त गरेको यो कलेजले स्नातक तर्फ उत्कृष्ट नतिजा लिकाल्दै आएको छ । 

  • आफ्ना कोर्षलाई विशिष्ठकृत गरेको कलेज, युनिग्लोब  

काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त व्यवस्थापन संकायमा नाम कहलिएको कलेज हो । आवश्यक भौतिक पूर्वाधारले सम्पन्न यस कलेजमा शान्त वातावरणमा पढाई हुँदै आएको छ। उत्कृष्ट नतिजा पस्किँदै आएको यस कलेजमा व्यवस्थापन संकायमा बीबीए तथा बीबीए–बीआइ अध्यापन हुँदै आएको छ । आधारभुतसँगै व्यवस्थापन कोर्षलाई विशिष्टिकृत गरेर कलेजले अध्यापन गराउने हुनाले विद्यार्थीको दक्षता अभिवृद्धिमा समेत विशेष मद्दत पुग्ने गरेको छ । 

  • नाम नै काफी छ, भीएस निकेतन

शिक्षा क्षेत्रमा चार दशक लामो इतिहास बोकेको चिरपरिचित शैक्षिक संस्था हो, भीएस निकेतन । एसएलसीको उत्कृष्ट १० नतिजाभित्र लामो समय एकछत्र राज गर्न सफल भीएस निकेतन, फाउण्डर प्रिन्सिपल स्व.डा. बाबुराम पोखरेलले २०३८ सालमा स्थापना गरेका हुन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर भीएसले बीबीए प्रोग्राम सञ्चालन गरिरहेको छ । २०५७ सालबाट बीबीएको पढाई सुरु भएको यो कलेजमा अहिले २२औं ब्याच सञ्चालनमा छ । जुनसुकै संकायबाट आउने विद्यार्थीलाई बीबीए प्रोग्राममा भर्ना लिने गरेको भीएस निकेतन बीबीए अध्ययन गर्न उपयुक्त शैक्षिक गन्तव्य हुनेछ । 

 

Logo