इरानमा ४ हजार वर्ष पहिले कोरिएका लिपिको अर्थ पत्ता लाग्यो

इरानमा ४ हजार वर्ष पहिले कोरिएका लिपिको अर्थ पत्ता लाग्यो


पेलियोलिथिक कालमा लेख्नका लागि ढुङ्गाहरूको प्रयोग गरिन्थ्यो । 
जसको लिपि आज पनि शोधकर्ताहरूको लागि रहस्य बनेको छ । त्यसै गरी लगभग २३ सय ईसा पूर्व देखि लिएर १८ सय ईसा पूर्वको बीचमा, आजको दक्षिणी इरानमा लिनियर इलामाइट भनिने एक रहस्यमय लिपि कोरिएको थियो । यस लिपिको रहस्य हालै वैज्ञानिकहरुले खोलेका छन् । यद्यपि केही विशेषज्ञहरू भने उनीहरुले खोजेका निष्कर्षसँग असहमत छन् । 

जर्मन जर्नलमा प्रकाशित एक शोधपत्रका अनुसार अनुसन्धान टोलीले प्राप्त लिपिमा भएको ३०० भन्दा बढी रैखिक इलामाइट प्रतीकहरूले विभिन्न आवाजहरूलाई प्रतिनिधित्व गर्दछ । जस्तै ध्वनिको लागि अर्धचन्द्राकार आकारको प्रतीक ‘पा’ लाई चिनिन्छ । 
लाइभ साइन्स रिपोर्टका अनुसार टोलीले आफ्नो अनुसन्धानमा ‘पुजुर–सुसिनक, अवानको राजा, इन्सुसिनकले उसलाई माया गर्छ’ भन्ने शब्दलाई अनुवाद गरेको छ । जसको अर्थ– ‘पुजुर–सुइनाक, अवानका राजा, इन्सुइनाकले उसलाई माया गर्छ’ हुन्छ ।

अनुसन्धानकर्ताहरूले पुजुर–सुसिनकको विरुद्धमा विद्रोह गर्ने जो सुकैलाई ‘मार्नु’ भनि ढुङ्गामा लेखिएको बताए । ढुङ्गाहरूमा लिपिको थप अनुवादहरू भविष्यमा प्रकाशित हुन अनुसन्धानकर्ताहरु बताउछन् । लिपिको ३.७ प्रतिशत प्रतीकहरू पढ्न योग्य छैनन् । 

अक्सफोर्ड युनिभर्सिटीका एसिरियोलोजीका प्रोफेसर जेकब डाहलले लाइभ साइन्सलाई भने ‘टोलीले सफल खोज गर्यो भन्ने स्पष्ट छैन । दाहाल ‘प्रोटो–इलामिट’ नामक स्क्रिप्टमा काम गरिरहेका छन् । 

Logo