कीर्तिपुरमा खोकनाको रुद्रायणी भोज तयारी

कीर्तिपुरमा खोकनाको रुद्रायणी भोज तयारी


ललितपुरको खोकनामा हुने १२ वर्षे रुद्रायणी जात्राका देवगणहरुका लागि कीर्तिपुरमा वृहत् भोज आयोजना गरिने भएको छ । नेवारी सांस्कृतिक परिकार र जात्राका विधिअनुसारका विधि प्रयोग गरेर भोज गरिने भएको हो । 

‘ख्वना रुद्रायणी ध्वः भ्वय’ नाम दिइएको उक्त भोज संस्कृति संरक्षणका लागि आयोजना हुन लागेको हो । खोकनाका देवगणलाई निम्त्याइने भोज संस्कृतिकर्मीहरुका लागि अध्ययन अवलोकनको विशेष अवसर हुने सस त्वा कीर्तिपुरले जनाएको छ । माघ १३ गते शनिबार हुने उक्त भोजका लागि आयोजकले तयारी गरेका छन् । 

पत्रकार भेटघाटमा कलाकार मदनकृष्ण श्रेष्ठले यो विशेष अवसर हुने बताए । 

ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले यो भोज ऐतिहासिक हुने बताए । उनले भने ‘रुद्रायणीका देवगणलाई आतिथ्य गराइने भोजका लागि विशेष तयारी हुनु सबैका लागि खुसीको कुरा हो ।’ उनले यस्तो आतिथ्यले संस्कृति संरक्षणमा बल पुग्ने बताए । 

Logo