कोरोना आतंक : अनेकाैँ छन् जोगिने उपाय

कोरोना आतंक : अनेकाैँ छन् जोगिने उपाय


फोन मित्र चन्द्र खाकीको रहेछ। प्रायः लेख्ने बेलामा म फोन 'रिसिभ' गर्दिन। यसले मेरो लेख्ने लय नै भंग हुनपुग्छ। तर चन्द्रजीको फोन 'रिसिभ' गरेँ।

'कोरोना रिटर्न्स २, आई एम नट सरप्राइज्ड' भन्ने लेख मलाई गजब लाग्यो। उहाँले भन्नु भयो। नयाँ कोरोनाको नयाँ विभिषिका नेपाल आइसक्यो। यसबाट के कसरी जोगिन सकिन्छ भन्ने बारेमा तपाईंले लेखी दिनु पर्यो।

'स्योर' चन्द्रजी,म आफूले जानेको – बुझेको -भोगेको अनुसार छिट्टै नै लेख्छु।

उहाँले भने अनुसार, सरकारले माने पनि, नमाने पनि नेपालमा नयाँ भेरिएन्टका कोरोना भाइरसको प्रवेश भइसकेको यथार्थ स्वीकार गर्न कसैले पनि विद्यावारिधि गरेको हुनु पर्दैन। नेपालमा 'यूके भेरिएन्ट' भित्रिएको प्रमाणित नै भइसकेको छ। यसका अतिरिक्त संसारमै ताण्डव मचाइरहेका ब्राजीलियन, दक्षिण अफ्रिकी र भारतीय भेरिएन्टले नेपालमा 'इन्ट्री' गरेको / नगरेको बारे यकिनसाथ केही भन्न सक्ने अवस्था छैन।

सेन्ट्रल ल्याबमा स्वीकेंसिंग मशिन आइबसेको छ, तर यसको प्रयोग भने अहिलेसम्म हुन सकेको छैन। यसको प्रयोगले परीक्षण नभएसम्म नेपालमा कुन कुन भेरिएन्टको प्रवेश भइसकेको छ भन्ने बारेमा कसैले पनि केही दावी गर्न मिल्दैन। नेपालले लाभ -हानिको विचार नगरी अविलम्ब दिनहुँ देखिन आएका संक्रमित मध्ये केही नमूनाको परीक्षण गरि भेरिएन्टबारे अनुसन्धान गर्नु पर्ने हो चाहे यसका लागि नमूना भारत अथवा कुनै अन्य देशमा पठाउने व्यवस्था गरेर किन नहोस्।

एकपछि अर्को गरि आइरहेका सूचनाले सरकार कोरोनाको हुनसक्ने नयाँ विभिषिकाप्रति सचेत हुँदै गइरहेको बुझ्न सकिन्छ। फ्रान्स, ब्राजिल, भारत लगायत संसारभरिबाट आइरहेका समाचारले सामान्यजनको मन मस्तिष्कमा भयको तरंगले आकार ग्रहण गरिसकेको यथार्थलाई नजर अन्दाज गर्न सकिन्न।

ब्राजिलबाट आएका समाचारले हरेक सामान्यजनको मुटुमै बज्रप्रहार गरिरहेको छ। कोरोनाका नयाँ भेरिएन्टले (ब्राजिल र दक्षिण अफ्रिका सरह ) यदि कोभिड १९ भ्याक्सिनलाई निष्प्रभावी तुल्याइसकेको छ भने यसबाट जोगिने उपाय के ? यो प्रश्न नेपालको मात्रै होइन, विश्वकै टाउको दुखाइ बनेको छ।

यस्तो विषम परिस्थितिमा प्रत्येक नेपालीले (चाहे भ्याक्सिन लिएका हुन, चाहे नलिएका हुन,चाहे पहिला कोभिड १९ को शिकार भई निको भएका अर्थात् एन्टीबडी बनिसकेका व्यक्ति हुन्) कोरोना संक्रमणबाट जोगिनु नै एकमात्र उपाय हो। यसका लागि गत वर्ष पालन गरेका सबै उपाय प्रत्येक नेपालीले अहिले पनि पालन गर्नु पर्ने नितान्त आवश्यकता रहेको छ। संक्रमणबाट जोगिनु नै सुरक्षित रहने उपाय हो। मास्क- सेनेटाइजर -साबुन पानीले हात धुनें -सोसल डिस्टेन्सिंगको पालना गर्ने आदि कुराको निरन्तरता प्रत्येक नेपालीले अनिवार्य पालन गर्नु पर्छ।

चिसो लाग्नबाट जोगिनुस्। सकेसम्म रुघा लाग्न नदिनुस्। चिसो पेय पदार्थ , आइसक्रीम आदिको प्रयोग नगर्नुस् । सकेसम्म तातो-मन तातो पानीको सेवन गर्नुस् । विभिन्न किसिमका चिया काँडा आदिको प्रयोग भरपूर उपयोग गर्नुस्।

कोरोना भाइरसको गुण र चरित्र विषयक भएका अनुसन्धान अध्ययनले के देखाएको छ भने निम्न अनुसारका थप उपाय गरेर संक्रमित हुनबाट जोगिन सकिन्छ।

चिसो लाग्नबाट जोगिनुस्। सकेसम्म रुघा लाग्न नदिनुस्। चिसो पेय पदार्थ , आइसक्रीम आदिको प्रयोग नगर्नुस्।

सकेसम्म तातो-मन तातो पानीको सेवन गर्नुस् । विभिन्न किसिमका चिया काँडा आदिको प्रयोग भरपूर उपयोग गर्नुस्।

सुपाच्य भोजन प्रयोग गर्नुस्। सकेसम्म शाकाहारी बन्नुस्।

'अल्कलाइन वाटर' भाइरस संक्रमणविरुद्ध प्रभावकारी देखिएको छ। यसको प्रयोगले पनि केही हदसम्म सुरक्षित रहन सकिन्छ। बजारमा 'अल्कलाइन वाटर' बनाउने मशीन नै आईसकेका छन्। यसको सोझो अर्थ 'एसिडिक' पेय पदार्थबाट टाढा रहनु होस्।

घरमै 'अल्कलाइन वाटर' बनाउन सकिन्छ।

आँपको पात, अम्बाको पात पानीमा उमालेर सेवन गर्दा संक्रमणबाट जोगिन सकिन्छ।
अत्यधिक आधुनिक अवधारणाले ग्रस्त व्यक्तिले लेखिन लागिएको उपायबारे विश्वास नगर्नुहोला। सक्नुहुन्छ भने अध्ययन अवश्य गर्नु होला।

गौमूत्रको 'पीएच भैल्यू ' ८ भन्दामाथि हुन्छ। प्रत्येक दिन खाली पेटमा गौ मूत्र सेवन गर्नाले धेरै हदसम्म संक्रमणबाट जोगिन सकिन्छ। गौमूत्रमा sodium, potassium, creatinine, phosphorus, and epithelial cells, रहेका हुन्छन्। गौपालकले गर्भिणी गाईको मूत्र आफू पनि सेवन गरी अन्य व्यक्तिलाई उपलब्ध गराउनु यस समयमा ठूलो धर्म हुनेछ।

कोरोना भाइरस शरीरमा प्रवेश गरे पछि २-३ दिनसम्म घाँटीमै बस्छ। घाँटीमा रहेको कफ नै यसको निवास हुन्छ। यदि तपाईंले एउटा यौगिक उपाय ''कुंजल' गर्नु हुन्छ भने घाँटीमा पुगिसकेका भाइरसलाई पनि शरीर बाहिर निष्कासित गर्न सकिन्छ। प्रत्येक दोस्रो दिन कुंजल गर्ने मानिसलाई कोरोना संक्रमण हुने सम्भावना धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ।

कोरोना भाइरसले फोक्सोमा नपुगेसम्म आफ्नो जनसंख्या बढाउन सक्दैन। फोक्सोका कोशिकामा पुगेपछि यसको स्पाइक प्रोटीन खुल्छ र यसभित्र रहेको 'अरएनए' ले कोशिकाको 'न्यूक्लियस'मा पुगि आफ्नो 'रिप्लिका' गरेर फौज तयार गर्छ। प्रत्येक भाइरसलाई कोशिकामा रहेको एउटा विशिष्ट खाले प्रोटीन चाहिन्छ आफ्नो 'रिप्लिका' गर्न अर्थात् कपी बनाउन। एन्टीभाइरल ड्रगको फन्डा यति नै हो जुन भाइरसका विरुद्ध एन्टी भाइरल ड्रग बनेको हुन्छ त्यस ड्रगले कोशिकामा त्यो प्रोटीनको उत्पादन बाधित गरिदिन्छ । 

जुन प्रोटिन भाइरसको कपी बनाउन अपरिहार्य हुन्छ। अहिलेसम्म विज्ञानलाई त्यस प्रोटिनका बारेमा थाहा छैन जुन प्रोटिनले कोरोना भाइरस आफ्नो 'रिप्लिका' गर्छ। तर कुनै पनि किसिमको औषधिले यदि कोशिकामा बन्ने त्यस प्रोटिनको उत्पादन रोकी दिने हो भने फोक्सोमा पुगेका कोरोना भाइरसले 'रिप्लिका' गरेर आफ्नो संख्या बढाउन पाउँदैनन् र शरीरमा पसेका भाइरसलाई शरीरको 'इम्युनिटी पावर'ले सहजै नेस्तनाबूद गरिदिन्छ। यस्तो औषधि कुनै दुर्लभ औषधि होइन। आयुर्वेदसँग यस्ता बीसौँ औषधि रहेका छन्।

तपाईंले कुनै औषधि खाएर यदि फोक्सोका कोशिकामा त्यस प्रोटिनको उत्पादन रोकिएको छ भने जतिसुकै 'लोड'का साथ कोरोना भाइरसले तपाईंको शरीरमा प्रवेश गरोस् 'रिप्लिका' गर्न नपाएर ती भाइरस तपाईंलाई संक्रमित बनाउनु अगाडि नै निमिट्यान्न हुन्छन्।

Logo