महासंकटमा सहयोगी हात जुटौं

महासंकटमा सहयोगी हात जुटौं


प्रिय बहिनी लुनी, तिमीले बारम्बार गरेको आग्रहलाई म गोलमटोल गर्दै आएको थिएँ। कारण मलाई केही आवश्यकता नै थिएन। मेरो सारा प्रयास देशमा व्याप्त भइरहेको महामारीमा केही सार्थक योगदान कसरी दिने भन्नेमा केन्द्रित थियो र, छ।

आज म सार्वजनिक घोषणा नै गर्छु मसँग कोरोना संक्रमण हुन नदिने नै उपाय छ। झन्डै २ हजारभन्दा बढी घरपरिवार नातागोता आफन्त इष्टमित्र चिनेजानेका व्यक्तिलाई मैले कोरोना संक्रमित हुनबाट पूर्व सुरक्षित बनाइसकेको छु। मेरो उपायले आउने ६ महिनासम्म यी कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण हुँदैन।

आजको मितिसम्म झन्डै ५०  जना कोरोना संक्रमित भइसकेका महानुभावहरुलाई यौगिक तथा आयुर्वेदिक विधिले संक्रमणमुक्त बनाइसकेको छु। अर्को ३० जना जति २–३ दिनमा संक्रमणमुक्त हुने क्रममा रहेका छन। प्रत्येक दिन ४–५ जना संक्रमितलाई भेटी उहाँहरुको घरमै पुगी सेवा गर्दै आइरहेको छु।

आज डा. विपिन नेपालसँग भेट हुँदा खुसी लाग्यो। कोरोना भाइरसविरुद्ध  भ्याक्सिनका दुवै डोज लिनुभएका डाक्टर विपिन र उहाँकी पत्नीसमेत कोरोना संक्रमित हुनुभएको थियो। मैले उहाँको भक्तपुर, सिद्धपोखरीस्थित निवासमै पुगेर औषधि दिएको थिएँ। 

डा. विपिनले औषधि सेवन गरेकै दिनदेखि सुधार भएको कुरा गर्नु भयो। उहाँ पाँच दिनमै निको हुनुभयो।  आज पोजिटिभ रिपोर्ट आएको १२ औं दिनमा उहाँसँग प्रत्यक्ष भेट भयो।

उहाँसँगको भेटबारे उल्लेख गर्नु यस कारणले पनि आवश्यक ठानेको छु  कि निश्चय पनि कोरोना भाइरसको ‘इन्क्युबेसन पिरियड’ १४ दिन हो। तर, यदि व्यक्तिमा कुनै गम्भीर किसिमका लक्षण छैनन् भने रिपोर्ट आएको १० दिनपछि उसको शरीरमा भाइरस बाँकी रहिरहे  पनि उसबाट अरु कसैलाई संक्रमण सर्ने सम्भावना रहँदैन।
 
धेरैजनाले १४ दिनपछि परीक्षण गराउदा रिपोर्ट पोजिटिभ आएकोमा चिन्ता व्यक्त गरेको थाहा पाएर यो उल्लेख गर्न आवश्यक ठानेको छु।  १४ दिनपछि पनि रिपोर्ट पोजिटिभ आउन  सक्छ।  यसमा पीसीआर प्रविधिको ‘इरर’ पनि कारण हुन सक्छ अथवा भाइरसको केही मात्रा रहेको पनि हुन सक्छ।  तर, यस्ता व्यक्तिले चिन्ता लिनु पर्दैन।  उनीहरुबाट संक्रमण सर्ने खतरा हुन्न र,  उनीहरुलाई पनि जोखिम हुन्न।  विगत वर्षको स्मरण गरौं त्यतिबेला आइसोलेसनमा बसेका व्यक्तिलाई १० दिनमै घर पठाउन थालिएको थियो।    

मैले आफ्नो एकजना बहिनीकोमा बोलाउँदा डा. विपिन  ग्रान्डी अस्पतालको आफ्नो ड्युटी छाडेर एक घन्टाका लागि आउनुभयो। धन्यवाद डा. विपिन, तपाईं  एउटा संन्यासीले बोलाउनसाथ आफ्नो व्यस्तताबाट समय निकालेर आउनुभयो। मेरी ती बहिनी आइसोलेसन केन्द्र खोल्न अग्रसर भएकी छन्। डा. विपिनले कार्य व्यस्तताबीच समय निकालेर उनलाई आइसोलेसन केन्द्रबारे विस्तारमा सम्झाइ दिनुभयो।

मेरा सारा प्रयास काठमाडौंमा धेरैभन्दा धेरै आइसोलेसन केन्द्र खोल्नुमा केन्द्रित रहेको छ। काठमाडौंमा मात्रै होइन, देशभरिका कोरोना ‘हटस्पट’ बनेका स्थानहरुमा निषेधाज्ञा जति आवश्यक छ, त्यति नै आइसोलेसन केन्द्र आवश्यक छन्।

आज म सार्वजनिक घोषणा नै गर्छु मसँग कोरोना संक्रमण हुन नदिने नै उपाय छ। झन्डै २ हजारभन्दा बढी घरपरिवार नातागोता आफन्त इष्टमित्र चिनेजानेका व्यक्तिलाई मैले कोरोना संक्रमित हुनबाट पूर्व सुरक्षित बनाइसकेको छु।

निषेधाज्ञा कोरोना भाइरसको चेन तोड्न बाध्यात्मक उपायका रूपमा  लगाउनुपरेको अवस्था हो।  यो कुनै व्यक्ति अथवा सरकारको रहर होइन, सनक होइन। संक्रमणको ग्राफ  द्रूत गतिले बढिरहेको अवस्थामा निषेधाज्ञा, लकडाउन अथवा स्वास्थ्य संकटकाल लगाउनु जुनसुकै सरकारको बाध्यता हो।

आज परिस्थिति यो छ कि एक व्यक्ति संक्रमित हुन्छ। लक्षण देखिए पनि ऊ परीक्षण गराउन जाँदैन, घरमा घुलमिल गरी बस्छ। स्वास्थ्यमा अप्ठेरो भएपछि मात्र परीक्षण गराउँछ।  यस्ता अधिकांश व्यक्तिको रिपोर्ट पोजिटिभ आउँछ। 

 रिपोर्ट पोजिटिभ आएपछि मात्रै उसले आफूलाई ‘आइसोलेट’ गर्छ।  तर, दुर्भाग्य यो हुनुभन्दा पहिले घरपरिवारका सदस्यमा संक्रमण सरिसकेको हुन्छ। विगत १५ दिनको आफ्नो अनुभवमा मैले घरका ८–८, १०–१० जना संक्रमित भएको पाएको छु।  एक वर्षको बच्चादेखि ९६ वर्षको वृद्धसम्म संक्रमित भएको भेटेको छु।

रिपोर्ट पोजिटिभ आएपछि पनि विविध कारणले संक्रमित घरमै बसिरहेका छन्।  सबैजनासँग घरमा आइसोलेसन बस्ने उचित प्रबन्ध हुँदैन। यसकारण उनीहरुबाट आफ्नै घर परिवारका सदस्यलाई संक्रमण सर्ने उच्च जोखिम हुन्छ।  

निषेधाज्ञा कोरोनाको चेन तोड्ने अचूक अस्त्र हो। यसमा कुनै दुई मत हुन सक्दैन।  तर, हामी सर्वसाधारणदेखि सरकारसम्म  सबैले जतिसक्दो चाँडो  यो पनि बुझे हुन्छ, जबसम्म संक्रमितलाई सुरक्षित रूपले आइसोलेसनमा बस्ने प्रबन्ध जुटाउन सकिँदैन, निषेधाज्ञाको प्रतिफल पनि प्राप्त गर्न सकिन्न। 

 एकजना व्यक्तिले आफ्नो पूरै घरपरिवारलाई संक्रमित बनाउन सक्छ ÷ बनाई रहेको छ।  देशमा कोरोना संक्रमणको ग्राफ तल नझरेसम्म निषेधाज्ञा जारी रहन्छ।  यो अवधि कति लामो हुन्छ, यसबारे अहिले नै केही भन्ने अवस्था छैन। तर, सबैले बुझे हुन्छ, यो महिनौंसम्म जान सक्छ।

कोरोना भाइरस महामारी बनेर ताण्डव मचाइरहेको छ।  अहिले नै देशमा दैनिक ९  हजारभन्दा बढी संक्रमित देखा पर्न थालेका छन्।  यसको ‘पिक’ अहिले पनि आएको छैन। 

‘पिक’ सम्म पुग्दा यसले कस्तो विकराल रुप लिने हो, अनुमान लगाउन सजिलो छैन। विगत केही दिनदेखि  ५० भन्दा बढी व्यक्तिले कोरोनासँगको युद्धमा पराजय खेप्नुपरेको समाचार छ। स्थिति भयावह हुँदै गइरहेको छ। ६० जिल्लामा निषेधाज्ञा लागेको खबर छ।  

मेरो सारा प्रयास व्यक्तिलाई सचेत (संक्रमणबाट जोगिन र भएमा छिट्टै निको हुन)  बनाउन केन्द्रित रहेको छ। काठमाडौंमा संक्रमण दर अति नै उच्च भइसकेको छ।  संक्रमित भएका व्यक्तिलाई आइसोलेसन केन्द्र आवश्यक हुन्छ। 

यसैहेतु विगत केही दिनदेखि प्रयासरत रहँदै आएको छु। अनेक मित्रले यस दिशामा सार्थक पहल थाल्नुभएको छ।  अनेक आइसोलेसन केन्द्र खोलिएको वा खोलिने क्रममा रहेका छन्, तर अझै पनि यो पर्याप्त हुन सकेको छैन।  म स्वयंलाई पनि  आज यस दिशामा प्रारम्भिक सफलता मिलेको छ।  आशा छ, आउने केही दिनभित्रै  आइसोलेसन केन्द्र प्रारम्भ हुन्छ।

देशविदेशमा रहेका सक्षम सबै व्यक्तिले संकटको यस घडीमा आ–आफ्नो तर्फबाट दिनसक्ने योगदान दिऊँ। बहिनी लुनी, तिम्रो मात्रै सदिच्छा सहयोग/ डोनेसनले पुग्दैन।  आफ्ना साथीभाइहरुलाई पनि यस कार्य हेतु ‘मोटिभेट’ गर। सामाजिक सञ्जालमा भएका आफ्ना साथीहरुलाई सहयोगहेतु प्रेरित गर।

Logo