सिरी ए फुटबलमा इन्टरको लगातार दोस्रो जित

सिरी ए फुटबलमा इन्टरको लगातार दोस्रो जित


इटालियन सिरी ए फुटबलमा इन्टर मिलान लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार राति भएको खेलमा इन्टर मिलानले काग्लीअरीलाई पराजित गरेको हो। काग्लीअरीको घरेलु मैदानमा इन्टरले २-० को जित दर्ता गरेको हो। इन्टरको जितमा डेन्जल डम्फेस र लाउटारो मार्टिनेजले समान १/१ गोल गरेका थिए।

२१ औँ मिनेटमा डम्फेसले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए।  ३० औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि इन्टरले  पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।

सोही अग्रता कायम राख्दै इन्टरले जित निकाल्न सफल भयो। जितसँगै इन्टर २ खेलमा अपराजित रहंदै ६ अंकमा रहेको छ। इन्टर तेस्रो स्थानमा रहेको छ। लिगको पहिलो स्थानमा ६ अंकका साथ एसी मिलान रहेको छ ।

Logo