विभिन्न जातिलाई एकै जातमा समेट्ने तयारीप्रति महासंघको आपत्ति

विभिन्न जातिलाई एकै जातमा समेट्ने तयारीप्रति महासंघको आपत्ति


राष्ट्रिय आदिवासी जनजाति महासंघ र आदिवासी किरात महासंघले यसअघि विभिन्न जातिमा रहेकाहरुलाई एउटै जातमा समेट्ने जातीय संगठनको मागप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यही गत जेठ २२ गते नेपाल आदिवासी जनजाति महासंघ, थारु कल्याणकारी सभा, किरात राई यायोक्खा गुरुङ राष्ट्रिय परिषद् लगायतले संयुक्त विज्ञप्तिमार्फत विभिन्न जातिलाई एउटै जातिमा राख्न माग गरेको भन्दै त्यसप्रति कडा आपत्ति जनाएका हुन् । 

विभिन्न जातिलाई आफ्ना जातिभित्र राख्ने गरी गरेको सिफारिस जाति हत्या सरह भएको उनीहरुको ठहर छ । ‘‘जातिहरू– कुलुङ, बान्तवा, आम्लीङ, याम्फू, नाछिरिङ, बाहिङ, थुलुङ, खालिङ, आठपहरिया, मेवाहाङ, साम्पाङ, लोहोरूङ, जेरो/जेरूङलाई राई जातिभित्र राख्न,किरात राई यायोक्खाले, रिल्ली घलेलाई गुरूङ भित्र राख्न, तमु ह्युला छोछ धि, गुरूङ राष्ट्रिय परिषद् गुरूङले र पुन जातिलाई मगर जातिभित्र राख्न नेपाल मगर संघले, रानाथारूलाई थारूमित्र राख्न,थारू कल्याणकारी सभालगायत नेपाल आदिवासी जनजाति महासंघले २२ जेष्ठ २०८० का मितिमा जारी गरेको संयुक्त प्रेस विज्ञप्ति जाति हत्या अपराधको रोकथाम र सजाय सम्बन्धी महासन्धि (२८ पौष २००७) अनुसार एक जाति हत्या सरह भएकोले त्यस्ता कार्यहरूलाई राज्यले आवश्यक कार्बाही गरोस् भन्ने माग गर्दछौं ।’’ संयुक्त विज्ञप्तिमा भनिएको छ । 

शुक्रवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनमा  आदिवासी किरात महासंघका अध्यक्ष धिरेन सुस्तोचा बाहिङले नेपाल सरकारको संवैधानिक अंगको रुपमा रहेको राष्ट्रिय आदिवासी जनजाति आयोगले जेठ २२ गने गरेको सिफारीस जाति हत्या सरह भएको आरोप लगाए । 

सो निर्णय गर्ने माथि सरकारले कडा कारबाही गर्नु पर्ने उनको माग छ । उनीहरुले, संविधानले अंगालेको बहुजाति, बहुभाषि, बहुधार्मिकतासहितको सांस्कृतिक विविधतालाई राज्यले संरक्षण गर्नु सूचीकृत हुन बाँकी विभिन्न जातिलाई अनुसूचिमा सूचिकृत गराउन समेत माग गरेका छन् । 

उनीहरुले स्वपहिचानको मानव अधिकार समेतलाई आत्मसात गरी थोरै संख्या, सत्ता, शक्ति र स्रोतमा पहुँच नपुगेका अल्पसंख्यकहरूलाई समेत नेपालको संविधानद्वारा प्रदत्त सार्वभौम अधिकारको उपभोग गराउन सबै सचेत नागरिक तथा सरोकारवाला निकाय/संघसंस्थाहरूबाट जनपैरवी गराउनुपर्ने धारणा राखेका छन् । 

Logo