जितेन्द्र बस्नेत बने काठमाडौंको सीडीओ

जितेन्द्र बस्नेत बने काठमाडौंको सीडीओ


गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख जितेन्द्र बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी दिइएको छ । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार सहसचिवबाट सविचमा बढुवा भएपछि रिक्त स्थानमा गृहमन्त्रालयको प्रवक्तासमेत सम्हाल्दै आएका बस्नेतलाई सरुवा गरिएको हो । 

यसअघि बस्नेतले चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

Skip This
Logo