झडपमा ज्यान गुमाएका सिंहको परिवारलाई १० लाख दिने

झडपमा ज्यान गुमाएका सिंहको परिवारलाई १० लाख दिने


सरकारले प्रहरीसँगको झडपमा परी ज्यान गुमाएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख रुपैयाँ सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

सर्लाहीको बाँके चोकमा असार १५ मा भएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ईश्‍वरपुर नगरपालिका-१३ का २६ वर्षीय सरोजनारायणको ज्यान गएको थियो ।

Skip This
Logo