रूरू जलविद्युत् परियोजना नाफामा

रूरू जलविद्युत् परियोजना नाफामा


रूरू जलविद्युत् परियोजना चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा नाफामा गएको छ । उक्त परियोजनाले ६ करोड ६८ लाख रुपैयाँको खुद मुनाफा कमाएको छ । 

यो नाफा कम्पनीको अघिल्लो वर्षको यसैअवधिमा भन्दा १७.४० प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष यसैअवधिमा विद्युत् बिक्रीबाट यस कम्पनीले १३ करोड २१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यसैअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ११.२६ प्रतिशतले घटेर ११ करोड ७२ लाख रुपैयाँमा आएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले पनि नाफा प्रभावित भएको हो ।

साथै, कम्पनीको बिक्री लागत पनि ३ करोड ४७ लाख रुपैयाँ नोक्सानमा छ । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ । 

यसैगरी, चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर १८ रुपैयाँ ०६ पैसा र नेटवर्थ  १३१ रुपैयाँ ९५ पैसा छ ।

Logo