ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय

काठमाडौं । सरकारले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेलले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएका हुन् । आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

Logo