ललितपुर महानगरपालिका–२६ ढोलाहिटी घटनामा संलग्न भएका मुख्य चार आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गरी भएकाे घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी मुख्य आरोपी खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राई, भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई…