काठमाडाैँ। अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई १० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले माग गरे अनुसार नै खर्च गर्ने गरी अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको स्वीकृति दिएको जानकारी दिए। उनले बजेट सुनिश्चित भएपछि निर्वाचनको व्यवस्थापकीय काम…