काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्णतः गैरकानुनी र विधिको शासनविपरीत भएको टिप्पणी गरेका छन् । शनिबार बिहान भक्तपुरस्थित निवासबाट दुवै नेतालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले पत्रकार सम्मेलनमार्फत यस्तो धारणा राखेका हुन् । वरिष्ठ अधिवक्ता भट्टराईले पक्राउको समय र प्रक्रिया दुवैमा गम्भीर…