नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले विदेशमा अध्ययन गरेर स्वदेश फर्कने विद्यार्थीलाई काम गर्न सक्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । काठमाडौंमा आज आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक रहेको उनले औंल्याए । ‘शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक छ, जसको…