काठमाडौं। लामो समयको बेयरिस चक्रपछि नेपाली शेयर बजार (नेप्से)ले अप्रत्याशित उछाल देखाएको छ । निर्वाचन परिणाम सार्वजनिक हुनासाथ नेप्से सूचकांकले एकै दिन करिब ६ प्रतिशतको वृद्धि गर्दै लगातार तीन पटक सर्किट ब्रेकर लाग्यो र बजार समयअघि नै बन्द हुन पुगेको छ । यसरी शेयर बजारमा आएको उछाल केवल अंकको वृद्धि मात्र होइन, जनताको राजनीतिक आशा…