काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार इन्धन आपूर्ति नियमित रहेको र निर्वाचन अवधिभर पनि पर्याप्त मात्रामा आपूर्ति हुने व्यवस्था मिलाइएको छ। सोमबार जारी सूचनामा पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेको र आसन्न निर्वाचनको समयमा पनि आपूर्ति नरोकिने उल्लेख…