दोधारा चाँदनी। जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण भएपछि दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर बस्ती बाढीबाट सुरक्षित भएको छ। वर्षौंदेखि जोगबुढा र महाकाली नदीको बाढीबाट प्रभावित बस्तीमा अब बाढीको त्रास कम भएको स्थानीयहरूले बताएका छन्। स्थानीय खडक बुढाले भने, “पहिले नदीको कटानले हाम्रो बिघौँ जग्गा महाकाली नदीमा गइसकेको थियो। वर्षायाममा बाढीको डरले बस्नै मुस्किल थियो,…