काठमाडौं । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशन (वाडा)को आयोजना र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतिमा पोखरामा 'नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६' आयोजना हुने भएको छ। पहिलो संस्करणको भव्य सफलतापछि आगामी चैत्र ११ देखि १५ गतेसम्म पोखराको लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा यस प्रदर्शनीको दोस्रो संस्करण आयोजना हुन लागेको हो। सवारी साधनको खरिद-बिक्री एवं यस…