ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ।आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

Logo