काठमाडौं,राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ ।निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न सफल भएको जानकारी दिनुभयो । “निगमको ओसाका उडान नियमित भइरहेको छ । अक्टोबरबाट दुईतर्फी यात्रुको सङ्ख्या बढेको छ । यात्रुको सङ्ख्या प्रति उडान १५० देखि २००…