धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै एक हजारको विन्दुमा पुग्न लागेको थियो ।तर अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शेयर बजारमा लगानी गर्ने उपयुक्त समय आएको प्रतिक्रिया दिएपछि नेप्से मङ्गलबार र…