तनहुँ,गण्डकी प्रदेश सरकारले बाख्राको मासुमा आत्मनिर्भर बन्न एक करोड ८० लाख रूपैयाँको वोयर जातको बोका खरीद गर्ने भएको छ ।जनही तीन लाखको दरले ६० वटा वोयर बोका खरीदका लागि उक्त वजेट व्यवस्था गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।शुद्ध वोयर अष्ट्रेलियाबाट आयात गरिने भएको छ ।…