कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । मंगलबार दिउँसाे बसेकाे राष्ट्रिय परिक्षा बाेर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेकाे हाे । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षामा देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएका थिए…