काठमाडौँ । फिल्म ‘अग्निदहन’ यही शुक्रबारबाट दर्शकमाझ आउँदै छ । समाजमा बोक्सी हुँदैन भन्ने थिममा निर्माण गरिएको यो फिल्मप्रति अहिले सबैको चासो छ । फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्याय आफ्नो फिल्म बोक्सी प्रथा उन्मुलनका लागि निर्माण गरिएको बताउँछन् । ‘हामीले व्यावसायिक लाभका लागि फिल्म निर्माण गरेका होइनौँ । यो विशुद्ध सामाजिक सन्देश समाजमा फैलाउन…