बेल्जियमस्थित नेपाली महिलाहरुले हरितालिका तीज मनाएका छन् । गेन्टस्थित नेपाल डिलाइट रेष्टुरेन्टमा आयोजित तीज कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्नो प्रस्तुती दिएकी थिइन् । सोमबार साँझ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । कार्यक्रमको संयोजक समाजसेवी सरिता पौडेलले गरेकी थिइन् । कार्यक्रममा सहभागी महिलाहरुले नवनिर्वाचित महासचिव शर्मालाई सम्मान…