वीरगन्ज ।कोरोनाको केन्द्र जस्तै बनेको वीरगन्जमा संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं. २० का ५३ वर्षिय संक्रमित पुरुष छन् । उनको आज बिहान मृत्यु भएको हो।वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको आइसियुमा १८ दिनदेखि उपचाररत उनको बिहान १ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।…