नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ। प्रहरीले आइतबार सूचना जारी गर्दै सात दिन भित्रमा हाजिर हुन निर्देशन दिएको हो। तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ। ‘आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ।…