प्रधानमन्त्री तथा संबैधानिक परिषद्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार दिउँसो संवैधानिक परिषद्को बैठक बोलाएका छन्। सत्ता साझेदार नेपाली कांग्रेसका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री दाहालले परिषद्को बैठक बोलाएका हुन्। विपक्षी एमालेले प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन अवरोध खडा नगरे मंगलबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम…