मन्त्रीपरिषद् बैठक बस्दै, भूकम्प प्रभावितका बारेमा आवश्यक निर्णय लिइने

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बिहान ८ बजे बस्न लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का प्रेस सल्लाहकार गोविन्द आचार्यले ८ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन्। आजको मन्त्रिपरिषद् बैठकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रीपरिषद्को बैठक बोलाइएको हो।  

Logo