इनरुवा, १० असोज । सुनसरीे काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरीे काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ परेका थिए ।पक्राउ पर्नेमा वडाध्यक्ष यादवसहित इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, विनोद…