पोखरा, ३ असोज जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई दुई लाख २६ हजार ६१५ नगद सहित पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगा स्थित शमशेरगुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएको प्रहरी टोलीले वडा नं १६ का बालकृष्ण गुरुङ, ओमबहादुर गुरुङ, इमानसिंह गुरुङ, वडा नं १ बगरका शेरबहादुर गुरुङ, वडा…