काठमाडौं , १, असोजभोली प्रदेश २ मा सोमबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा ७० हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्यामा सुरक्षाकर्मी खटिएका हुन् । उम्मेदवारहरूको सुरक्षादेखि मतदाताहरूको समेत सुरक्षालाई ध्यान दिइएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । बारा, पर्सा, रौतहट,…