नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पु¥याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा आवश्यक निर्णय गरेको हो ।बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एकता प्रक्रियामा बाँकी रहेका काम…