प्रधानमन्त्री केपी शर्मा ओलीले लघु वित्त संस्थाहरुले उच्च व्याज लिने गरेको भन्दै राष्ट्रबैकको गम्भीर ध्यानाकर्षण गराएका छन् ।राजधानी काठमाण्डौमा सनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताएका हुन् । गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरुले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८…