#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341666321018876771071525437041
नेपाल778174982089156428
प्रदेश ७

कोरोना निको भएर घर फर्किएकी युवतीलाई फेरि कोरोना संक्रमण

यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो । एकचालीस जनामा गरिएको

प्रदेश २

मदिराले लठ्ठ वडा सचिवले मध्यरातमा महिलालाई बलात्कार गर्न खोजेपछि….

काठमाडौँ । महोत्तरीमा बलात्कारको प्रयास गरेको आरोपमा एक वडा सचिव पक्राउ परेका छन्। महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर-९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई बलात्कार गर्न खोजेको आरोपमा वडा नम्बर-९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति पक्राउ गरिएको हो ।

अर्थ

नेपाल वायुसेवा निगम भन्छ, ‘नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्’

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो ।

प्रदेश ३

मन्त्रिपरिषदको नियमित बैठक केही बेरमा बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । विहान दश बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकका एजेण्डाहरु मध्ये मुख्य सचिवको विषय रहेको बुझिएको छ । हाल कार्यरत मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक

प्रदेश ३

ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेकी छिन् । नेपालको सांस्कृतिक परम्परा र पारिवारिक

अर्थ

सर्लाहीका उखु किसानले पाउने भए भुक्तानी

सर्लाही । जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । “उखु किसानका लागि सरकारले पठाउनु

अर्थ

धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा

काभ्रे । काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म बुधबारबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले बुधबारबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो । नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो

प्रदेश ३

पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ । कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरे बमोजिम ती बैंकमा २५ करोडका दरले अक्षय कोष

प्रदेश ३

अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउन अनुरोध

काठमाडौं । यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभाग अन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ । विभागले सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक

प्रदेश ७

आठ दिनपछि बालिका सम्झनाको दाहसंस्कार

बझाङ। बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा

प्रदेश ३

तेजाब हिंसा सम्बन्धी अध्यादेशको स्वागत

काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपाल र जुरी नेपाल लगायतका सङ्घ÷सस्थाले तेजाब हिंसा सम्बन्धी अध्यादेशको स्वागत गरेका छन् । असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड हिंसा सम्बन्धी मन्त्रिपरिषदबाट स्वीकृत गरिएका दुई अध्यादेशलाई प्रमाणीकरण गरी कानूनको रूपमा जारी गरेकी थिइन् ।

प्रदेश ६

कर्णालीमा थपिए ५७ नयाँ सङ्क्रमित, ३४ घर फिर्ता

सुर्खेत । कर्णाली प्रदेशमा बुधबार थप ५७ व्यक्तिमा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५५ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई गरी ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको