#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
प्रदेश २

प्रदेश २ का आठ जिल्लामा एकैसाथ खोप अभियान

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको

प्रदेश २

सर्लाहीमा बर्दीमै तास खेल्ने १४ प्रहरीलाई कारवाही

सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९

प्रदेश २

‘प्रतिनिधिसभा पुनर्स्थापना नभए निर्वाचनमा जान्छौँ’ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरे पार्टी जनअदालतमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनर्स्थापनाको

अर्थ

मदन भण्डारी मार्ग निर्माण तीव्र हुँदै

सप्तरी । राष्ट्रिय गौरवको योजना अन्तर्गत सप्तरीको रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्मको मदन भण्डारी मार्गको निर्माणकार्य अहिले तीव्ररुपमा भइरहेको छ । वि.सं. २०७५ फागुन १ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेको मदन भडारी मार्गको निर्माणकार्य तीव्ररुपमा भइरहेको स्थानीयवासी उत्तम अचार्यले

अर्थ

विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

सिरहा । लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ । वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले करीब एक महिनाको अवधिमा ९०

अर्थ

सुरक्षाका कारण देखाउँदै रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द

काठमाडौँ । नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले समस्या भएको लामो

प्रदेश २

आगलागीबाट चार घर नष्ट

सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष

प्रदेश २

एचआइभी एड्सबाट सप्तरीमा एक किशोरीको मृत्यु

सप्तरी । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए ।

प्रदेश २

जब जनप्रतिनिधिहरु कम्बल बोकेर जाडो प्रभावितका घर पुगे…

सिरहा । सिरहा नगरपालिका–६ बसबिट्टाका सहदेव सदाको परिवारलाई भेट्न नगरप्रमुख सिरक र कम्बल बोकेर पुग्दा केहीबेर गाउँले अचम्ममा परेका थिए । केही छिनपछि नगरप्रमुख अशेश्वर यादवले उनको परिवारजनलाई सिरक प्रदान गर्दै दिँदै नागरिकलाई जाडोबाट जोगाउन नगरपालिका प्रतिवद्ध रहेको बताए ।

प्रदेश २

शीतलहरबाट तराईको जनजीवन थप कष्टकर

रौतहट । कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । आइतबार बिहानैदेखि चलेको शीतलहर र कठ्याग्रिँदो जाडोले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको थियो । बाक्लो हुस्सुका कारण सवारीसाधनलाई आवतजावत गर्नसमेत समस्या भएको

पत्र-पत्रिका बाट

‘ओलीले राणा र राजा जस्तो शासन गर्न खोज्दैछन्’ : राजेन्द्र महतो

मलंगवा । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन् । सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको जनप्रदर्शन एवं विरोध सभालाई सम्बोधन गर्दै नेता महतोले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक

अर्थ

भारतद्वारा एकपक्षीयरूपमा पाम आयलमा प्रतिबन्ध, नेपाली उद्योग धराशायी हुँदै

वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएका हुन् । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि