#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119168152912743318836330671
नेपाल152593290846143
समाचार

तिहारका लागि ल्याइएका पटाका बरामद

सप्तरी, सशस्त्र प्रहरीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिकाबाट एक लाख बढी मूल्यको पटाका बरामद गरेको छ । बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टी बोर्डर इलाकाबाट अवैधरुपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न २४ किसिमका पटाका बरामद गरेको जनाएको छ । बरामद

प्रदेश २

धनुषामा ९ वटा मोटरसाइकलसहित साइकल र गाडी ध्वस्त

धनुषामा भएको आगलागीमा नौ वटा मोटरसाइकलसहित तीन वटा साइकल र एउटा गाडी जलेर ध्वस्त भएको छ । जनकनन्दिनी गाउँपालिका वडा नं.३ महुवामा पार्क गरी राखिएका सवारीसाधनमा आगलागी भएको हो । ज ९ प ७६२५ , स १ प ४३८१, स

समाचार

मदिराको सुरमा कुटपिट गर्दा बुवाको ज्यान गयो, श्रीमतीसँगै छोरा फरार

राजविराज । सप्तरीमा छोराको कुटपिटबाट बुवाको ज्यान गएको छ । महादेवा गाउँपालिका १ पकरीका २३ वर्षीय नइम पमरियाले ६२ वर्षीया बुवा मो. गफुर पमरियाको हत्या गरेका हुन् । बुवाको हत्या गर्दै उनी फरार भएका छन् । नइमका साथ मृतककी श्रीमति

समाचार

शक्तिपीठ राजदेवीमा प्रसाद चढाउन रातिदेखि नै भीड

जनकपुरधाम । बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो । पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका अध्यक्ष

समाचार

नग्न अवस्थामा सुस्तमनस्थिति भएकी युवतीको शव फेला

जनकपुरधाम । महोत्तरीमा एक युवतीको शव फेला परेको छ । महोत्तरीको गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान २२ वर्षीया सुस्त मनस्थिति भएकी शर्मिला दनुवारको शव फेला परेको हो । गौशाला नगरपालिका-१० घर भएकी दनुवारको बलात्कारपछि हत्या भएको

प्रदेश २

मदिरा भट्टीको खाल्डोमा डुबेर बारामा ५ जनाको मृत्यु

काठमाडौँ, बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ । मदिरा भट्टी सञ्चालक ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी

अर्थ

३२ खसीबोका नियन्त्रणमा

महोत्तरी, महोत्तरीमा दशैँका लागि भन्सार छली भारतबाट अवैधरुपमा तस्करी गरी नेपाल ल्याएको ३२ वटा खसीबोका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरी जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ हेक्वा जलसागरले जलेश्वर नगरपालिका–५ स्थित नेपाल भारत सीमा नजिकैबाट तस्करी गरी

प्रदेश २

एकैदिन ५० जना बढीलाई बौलाहा कुकुरले टोके

महोत्तरी, महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीयतहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा

समाचार

स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

महोत्तरी, महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने खैरा चोकबाट मंगलबार प्रहरीले स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३८ वर्षीय कैलाश साह रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । बडादशैँको मौका

प्रदेश २

डेढ किलो चाँदीसहित दुई जना भारतीय पक्राउ

महोत्तरी, महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सोमबार दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नेपाल नं ९ गण हेक्वा महोत्तरी, जलसागरका सशस्त्र प्रहरी उपरीक्षक मिरकृष्ण अधिकारीका अनुसार एक किलो ४०३

प्रदेश २

गढीमाई मन्दिरको समुद्घाटन कार्यक्रमलाई राष्ट्रपतिद्वारा टेलिफोनमार्फत सम्बोधन

बारा, राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरको उचित संरक्षण एवं सम्बर्धनका लागि राज्यको ध्यान जान जरुरी रहेको बताउनु भएको छ । गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा तथा समुद्घाटन कार्यक्रमलाई टेलिफोनमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गढीमाई नेपालीका लागि मात्र नभई विश्व मानचित्रमा अङ्कित

प्रदेश २

भतिजाको हत्या आरोपित महिलालाई जन्मकैद

सप्तरी, सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैदको सजायँ भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले