
‘ढुक्क हुनुस्, घोषणा गरेकै समयमा निर्वाचन हुन्छ’ : प्रधानमन्त्री ओली
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको जनसभालाई