#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19567580724498628044712562635
नेपाल2221470633015814
प्रदेश ३

एकै दिन निको भए १,७०५ संक्रमित, कूल निको हुनेको संख्या १० हजार २९४

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । आज १४४ जना थपिएका छन् । आइतबार ८२ थपिएका थिए । शनिबार ७० जना थपिएका थिए । शुक्रबार ११८ जना थपिएका थिए । विहिबार १०८ जना थपिएका थिए

प्रदेश ३

वर्षाका कारण देशका मूख्य सडकहरु अवरुद्ध, खुलाउने प्रयास जारी

काठमाडौं । नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग लगायतका सडक अवरुद्ध

प्रदेश ६

जाजरकोट पहिरो : पाँच सय परिवार विस्थापित, नौ शव भेटिए

जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित

प्रदेश ६

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५० पुग्यो

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण हुन सकेको छैन ।

प्रदेश ३

नेपालमा कोरोना : पहिलो ५ महिनामा ६ हजार, पछिल्लो २३ दिनमै संक्रमित १० हजार नजिक

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी लकडाउन खुकुलो भएसँगै नेपालमा २३ दिनमै संक्रमित ह्वात्तै बढेको छ । नेपालमा दुई जना मात्रै संक्रमित हुँदा सरकारले गत चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो

प्रदेश ३

आज निको हुनेहरु थपिए ६८८ जना, संक्रमितको संख्या २०४

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । आज २०४ जना संक्रमित थपिएका छन् । सोमबार १८० जना थपिएका थिए । आइतबारसम्म १५ हजार ७८४ जना संक्रमित थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

प्रदेश ३

थपिए १८० जना कोरोना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १५,९६४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज १८० जना संक्रमित थपिएका छन् । आइतबारसम्म १५ हजार ७८४ जना संक्रमित थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

प्रदेश ६

डोल्पामा दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा ८०० भाडा !

डोल्पा । डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा

प्रदेश ६

झोलुङ्गे पुलमाथि पानी बग्न थालेपछि….

अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगङ्गा–२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए । लगातारको वर्षाले शुक्रबारदेखि पुलमाथि पानि बग्न थालेपछि आवतजावत समस्या

प्रदेश ६

क्वारेन्टिनमा बसेका युवकको मृत्यु

क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समयअगाडि भारतबाट आएर ढोरपाटन

प्रदेश ६

पहिरोले घर पुरियो, एक परिवार विस्थापित, १० घर जोखिममा

वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति गरेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु¥याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए  । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने,

प्रदेश ६

कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या एक हजार दुई सय नाघ्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २०० नाघेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज भएसँगै कोरोना निको हुने सङ्ख्या १२०१ पुगेको