काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालबाट अनुमति नलिइ माइतीघर मण्डला क्षेत्रमा कुनै पनि किसिमका सभा, विरोध, धर्ना, र्यालीजस्ता कार्यक्रम गर्न नपाइने कानुनी व्यवस्था उल्लङ्घन गरी प्रदर्शनमा सहभागी भएको आरोपमा रविकिरण हमालसहितका युवालाई प्रहरीले नियन्त्रणमा…