काठमाडौं ।शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १–० गोलले पराजित गरेको हो ।च्यासलका लागि कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे । सन्तोषले खेलको इन्जुरी समयमा गोल गरेका हुन् । डिबक्सभित्र ब्रिगेडका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले गोलमा…