काठमाडौं ।आयोजक नेपाल पोखरामा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा विहिबार आफ्नो दोस्रो खेलमा नेपाल सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरी लिग चरणको एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।यसअघि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको नेपालले…