काठमाडाैं ।सन् २०१६ मा भारतमा भएको १२औं सागमा तीनवटा स्वर्णमै चित्त बुझाएको नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा घरेलु मैदानको भरपुर सदुपयोग गर्दै नेपालले १४ वटा स्वर्ण पदक हात पारिसकेको छ। यो पदक सङ्ख्या अघिल्लो पटक भारतमा भएको भन्दा झन्डै चार गुणा बढी हो।याे पटककाे सागमा नेपालले स्वर्ण पदक हासिलमा अग्रता लिँदै गएकाे छ ।…