काठमाडौं,तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत विहिबार भएको दोस्रो खेलमा नेपाली महिला भलिबल टोली भारतसँग पराजित भएको छ । भारतले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो ।त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल २४–२२ अङ्कको अवस्थामा पुगेको थियो । त्यसपछि खराब खेल प्रदर्शन गर्दा जितबाट वञ्चित रह्यो…