काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि फराकिलो जित दर्ता गरेको छ । बंगलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा आज भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले हराएको हो । नेपालको जितमा मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गरे । साथै समीक्षा मगर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए। नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई…