काठमाडाैं । आगामी २०२६ मा भारत र श्रीलंकामा संयुक्त आयोजना हुने पुरुष टी-२० विश्वकपका लागि इटाली र नेदरल्यान्ड्सले स्थान सुरक्षित गरेका छन्। हेगमा भएको युरोप क्षेत्रीय फाइनलमा नेदरल्यान्ड्ससँग पराजित भए पनि इटालीले पहिलो पटक क्रिकेट विश्वकपमा आफ्नो उपस्थिति जनाउने भएको हो। स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ। जर्सीसँग अन्तिम बलमा भएको रोमाञ्चक खेलमा पराजित भएपछि स्कटल्याण्डको…